back
CTIZAN AD

नेपालमा हुन्डाईको इलेक्ट्रिक आयोनिक–फाइभको बिक्री सुरु

वि.सं.२०७८ फागुन १२ बिहीवार

972 

shares

काठमाडौं । नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ इलेक्ट्रिक भेहिकल आयोनिक फाइभ बिक्री सुरु गरेको छ ।

यो गाडीको डिजाइन विश्वभर चर्चामा रहेको र निकै बोल्ड, युनिकर डाइनामिक डिजाइनमा तयार गरिएको कम्पनीको भनाई छ ।

हुन्डाई आयोनिक फाइभले ‘टप गियर इलेक्ट्रिक बेस्ट डिजाइन अवार्ड–२०२१’ पाएको छ । आयोनिक–फाइभ हुन्डाईको नयाँ आयोनिक लाइनअपअन्तर्गत ‘स्पेशलाइज्ड इजिएमपी ब्याट्री इलेक्ट्रिक भेहिकल प्लेटफर्म’मा बनेको हो । यसको डिजाइन अत्याधुनिक र आकर्षक छ । यो गाडीमा अत्याधिक इनर्जी इफिसियन्सी छ । उत्कृष्ट प्रफर्मेन्स र चालक तथा यात्रुलाई आरामदायी यात्रा अनुभव हुने कम्पनीको विश्वास छ ।

यो गाडीमा रियर ह्वील ड्राइभ सिस्टम रहेको छ । साथै, यो कारमा सोलार तथा भिजन रुफ, भेहिकल टु लोड, एम्बियन्ट मुड लाइट्स, पावर टेलगेट, रेन सेन्सिङ वाइपर, व्लाइन्ड स्पट भ्यू मोनिटर तथाभोइस रिकग्नीसन भेहिकल कन्ट्रोल जस्ता अत्याधुनिक फिचर उपलब्ध छन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोनिक पाँचको लन्चिङसँगै ‘स्टेट अफदि आर्ट’ नयाँ इलेक्ट्रीक कारको लागि मात्रै सोरुम सञ्चालनमा ल्याएको छ । इभीको लागि मात्रै बन्ने शोरुममा अहिले बिक्री भइरहेको कोना, आयोनिक र आयोनिक पाँच राखिने छ ।

इलेक्ट्रीक कार किन्ने ग्राहकलाई यो सोरुमले प्रिमियम अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ । कम्पनीले नेपालमा इभी कल्चरको विकास गर्न देशैभर चार्जिङ स्टेशन विस्तारको समेत तयारी गरेको छ । हाल कम्पनीले देशका विभिन्न स्थानमा ४० वटा चार्जिङ स्टेशन स्थापना गरिसकेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले देशका प्रमुख सहरहरुमा १३ वटा डिलर र १९ वटा सर्भिस सेन्टरबाट सेवा दिइरहेको छ ।

वि.सं.२०७८ फागुन १२ बिहीवार २१:१२ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

अच्युत रेग्मी, काठमाडौ । नेपालमा विदेशी पर्यटक आगमनमा भएको उत्साहजनक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...