back
CTIZAN AD

एमसीसी अनुमोदनमा ‘मध्यमार्गी बाटो खोजिएको’ भन्ने चर्चाको नारायणकाजीद्धारा खण्डन

वि.सं.२०७८ फागुन १३ शुक्रवार

831 

shares

काठमाडौं । एमसीसी अनुमोदनमा मध्यमार्गी बाटो बनाउन माओवादी केन्द्र र एकीकृत समाजवादीबीच समझदारी भएको भन्ने चर्चाको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले खण्डन गरेका छन् । शुक्रबार केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत भएको चर्चाको नेता श्रेष्ठले खण्डन गरेका हुन् । उनले भ्रामक अफवाबाट जोगिन पनि अपिल गरेका छन् ।

यथास्थितिमा एमसीसी निणयार्थ पेश भए माओवादी केन्द्रले विपक्षमा मतदान गर्ने उनको भनाई छ ।

“संसदमा एमसीसी पेश गरिसकिएको सन्दर्भमा हाम्रो पार्टी यसलाई विफल पार्न विपक्षमा मतदान गर्छ, यसबारे मतदान हुँदा हाम्रो पार्टीले संसद बैठक बहिष्कार गर्नेछ र यथास्थितिमा यो प्रस्ताव अनुमोदन गर्न सहयोग पुर्‍याउनेछ भन्ने प्रचार गलत हो ”, नेता श्रेष्ठले भनेका छन्, “कसले यो भ्रमात्मक प्रचार अभियान सञ्चार माध्यममार्फत चलाउँदैछ ? सावधान !”

एमसीसी संशोधन नभई पारित गर्न नसकिने पक्षमा माओवादी केन्द्र स्पष्ट रहेको नेता श्रेष्ठले बताएका छन् । एमसीसीको सन्दर्भमा पार्टीको आठौं महाधिवेशन र त्यसपछिका छलफलका निष्कर्षमै आफ्नो पार्टी अडिग रहेको उनले स्पष्ट पारे ।

नेता श्रेष्ठले भनेका छन्, “हाम्रो पार्टीले आठौं महाधिबेशनबाट र त्यसपछिका सबै छलफलहरुबाट एमसिसि सम्झौताका बारेमा निकालेको निष्कर्ष र लिएको निर्णय स्पष्ट छ, एमसिसि सम्झौता यसका राष्ट्रिय सार्बभौमिकता,स्वाधीनता र हित प्रतिकुलका प्रावधानहरुलाई संशोधन नगरी यथास्थितिमा स्विकार नगर्ने र संसदबाट पारित नगर्ने। हामी त्यसैमा कायम छौं।”

शुक्रबार केही सञ्चार माध्यमले माओवादी केन्द्र र एकीकृत समाजवादी पाँच दलीय गठबन्धन नटुटाउने सर्तमा एमसीसी अनुमोदनको पक्षमा उभिएको समाचार प्रकाशित गरेका थिए । ति सञ्चारमाध्यमले केही नेताको भनाई भन्दै एमसीसी निर्णयार्थ पेश हुँदा माओवादी केन्द्र र एकीकृत समाजवादी संसद बैठकमा उपस्थित नहुने निर्णयमा पुगेको दाबी गरेका थिए ।

वि.सं.२०७८ फागुन १३ शुक्रवार १४:५७ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...