back
CTIZAN AD

छन्द कविता: त्यो ब्यर्थको एमसिसी

वि.सं.२०७८ फागुन १४ शनिवार

1K 

shares

नेपाली शिर यो झुकेन कहिले भन्छन् सबैले पनि
लुक्दैछन् घरमा बसेर किन हो दासी भए झैँ गरी
कस्तो नीति लियौ समस्त जग यो बेचेर खान्छन् अरे
बस्छौ के कसरी रहन्न घर यो सुत्छौ कता हो भरे।।१

कस्तो मान थियो समस्त जगमा नेपालको गौरव
नेपाली मन यो जलेछ अहिले भाग्छौ कुदी कौरव
गर्जिन्छन् जनता बसी सडकमा के काम गर्छाै अब
खेदौँ लौ अब ता मिलेर जनले बुझ्ने छ नेता तब।।२

आमाको तन जो थियो जति सबै चिर्दा रमायौ कति
पायौ के धनमा भुलेर ममता हाँसेर बस्छौ जति
पुर्खाले घर यो बसी भुवनमा शृङ्गार गर्दै धरा
मिल्दै साथ बसी समस्त जन ती हाँसेर बस्थे बरा।।३

पाएको मत जो बसी सडकमा लेख्दै छ तिम्रो कथा
सुन्दैनौ अव ता पुकार जनको भागेर जान्छौ कता
बेच्नेआँट नराख त्यो हृदयमा बेचेर नेपाल यो
झुक्दै छौ कसरी समाइ पदमा बेच्यौ सबै देश यो।।४

आँखामा जलको सुके गह सबै झर्दैन पानी कति
फुल्दैनन् वनमा पवित्र तुलसी मासेर खायौ जति
सुख्खाबोट भयो रहेन वन जो मास्यौ सबैले बसी
आयो दुष्ट बनेर यो मुलुकमा त्यो ब्यर्थको एम् सि सि।। ५

छन्द :शार्दूरविक्रीडित
सुत्र:SSS   IIS  ISI  IIS   SSI  SSI  S

उत्तम कुमार पोखरेल
लहान–९ सिरहा
हाल सूर्य विनायक–३ भक्तपुर

वि.सं.२०७८ फागुन १४ शनिवार ०८:४५ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...