back
CTIZAN AD

कविता: परिवेश

वि.सं.२०७८ फागुन १४ शनिवार

777 

shares

जब
अरूले दाबी गरिरहेको प्रेमपत्र
सुटुक्क आएर
पस्छ मेरो मनभित्र
तब
म के गरुँ ?
जब
अरूले दाबी गरिरहेको तालीे
बेगले उछिट्टिएर
पस्छ मेरो थालीमा
तब
म के गरुँ ?

जब
अरूले पेवा ठानेको बाटो
सर्पलेझैँ फणा फिजाएर
ठोक्किन आउँछ आफ्नो खुट्टामा
तब
म के गरुँ ?

आकाशका अगणित ताराहरू
लिम्बूवानको लोककथामा विचरित
बुढासुब्बाले हानेका मटेङ्ग्राहरू भएर
जब वर्षन थाल्छन्
मेरो मथिङ्गलको ब्ल्याक होलमा
तब
म के गरुँ ?

मलाई गुँड बनाएर बसेको
विवेक नाउँको एउटा चरो
कि त फन्को मारिरहन्छ आकाशलाई
कि त सपना देखिरहन्छ गुडुल्की मारेर
तब
म के गरुँ ?
तब
म के गरुँ ?

म डराउँछु
आफूभित्र एउटा कायर लुकिरहेको देखेर
म रमाउँछु
आफैँभित्र
कुदिरहेको एउटा पागलप्रेमीलाई भेटेर !

पागल नहुँदोहुँ त
कसरी हुन्थ्यो र उनको प्रेमपत्र मेरो साथमा
फक्रन नपाउँदै
बलत्कारित भएर मर्नुपर्ने
यस्तो अजीवको देशमा !

प्रेमपत्र लेख्न खोज्यो कि
कि त
हतकडीले बेरिएर कैदखानाको शृङ्गगार बन्नुपर्ने
कि त
भेरीमा लास बनेर बग्नुपर्ने
मेरो क्षितिज वारिको
यस्तो त्रासद परिवेशमा !

कृष्ण बाउसे

वि.सं.२०७८ फागुन १४ शनिवार ०८:४३ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...