back
CTIZAN AD

रुस–युक्रेन द्धन्द्ध : सदस्यताका लागि युद्ध रोक्नुपर्ने युरोपियन नेताको भनाई

वि.सं.२०७८ फागुन १९ बिहीवार

864 

shares

ब्रसेल्स । रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला मंगलबार युरोपियन कमिसनका अध्यक्षले युक्रेनलाई युरोपियन युनियनको सदस्यकताका लागि युद्ध रोकिनुपर्ने बताएका छन् । उनले युक्रेनले युरोपियन युनियनको सदस्यताका लागि आग्रह गरेको प्रसंग उल्लेख गर्दै सो कुरा बताएका हुन् ।

उनले भनेका छन्– युक्रेनले युरोपियन युनियनको सदस्ताका लागि आग्रह गरेको छ, पक्कै पनि हामी यतिखेर युक्रेनसँग इतिहासमै सबैभन्दा धेरै नजिक भएका छौँ, तर पनि सदस्यता अघि नै त्यहाँ युद्ध रोकिनुपर्छ र यसका कारण हामीले अर्काे चरणको प्रक्रिया सुरु गर्नेछौँ ।

यता रुसले युक्रेनमा हमला रोकेको छैन । गएको करिब हप्तादिन यतादेखि रुसले युक्रेनमा हमला जारी नै राखेको बताइएको छ । रुस र युक्रेनका बीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ । युक्रेन र बेलारुसबीचको सीमामा भएको सो वार्ताबाट कुनै निष्कर्ष भने निस्किएको छैन ।

रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको तर सो वार्ताले कुनै निष्कर्ष भने ननिकालेको अधिकारीहरुले जनाएका छन् ।युक्रेनका अधिकारीहरुले नै यस वार्ताले त्यस्तो कुनै ठूलो नतिजा निकाल्ने अपेक्षा गरिएको बताएका छन् ।

रुस पछिल्लो चरणमा वार्ता जारी राख्न सहमत भएको थियो । सोही बमोजिम नै दुवै पक्ष वार्तामा बसेका थिए । रुस र युक्रेनले आगामी केही दिनभित्र नै अर्काे उच्चस्तरीय वार्तामा बस्ने बताएका छन् ।रुसले युक्रेनको राजधानी सहर किभका साथै अन्य आवासीय क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ । रुसले यहाँका आवासीय क्षेत्रहरुमै गोलाबारी गरिरहेको बताइएको छ ।सिन्ह्वा

 

वि.सं.२०७८ फागुन १९ बिहीवार ०७:५७ मा प्रकाशित

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको...

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार...

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

खार्तूम  । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल...

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

तेहरान । इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा...