back
CTIZAN AD

जेसिबी दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु

वि.सं.२०७८ फागुन २० शुक्रवार

678 

shares

सिन्धुपाल्चोक । जेसिबी दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका-१२को खहरेस्थित केराबारीमा जेसिबी दुर्घटना हुँदा जेसिबीका सहचालक महोत्तरी बर्दिबास नपा-६का रोहित आलेमगरको मृत्यु भएको हो ।

निर्माणाधीन मध्यपहाडी लोकमार्गमा काम गर्ने क्रममा शुक्रबार बिहान बा२क ६६१८ नं.को जेसिबी माटो भासिन गई सडकबाट अन्दाजी १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । जेसिबीका चालक बाँके राप्तीसोनारी गाउँपालिका-४का प्रकाश चौधरी भने सकुशल रहेका छन् । चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाई थियो ।

वि.सं.२०७८ फागुन २० शुक्रवार १२:२७ मा प्रकाशित

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

काठमाडौँ । विश्व बैङ्कले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने...

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा आर्थिक...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य...