गिरिराज डल्लाकोटी, चितवन
१.
यो बारीको फूलैमा
मगमग वास्ना चलेर
परेँ रनभुलैमा
२.
मोहनीले तानूँ कि
माया बस्यो रातो चोलीमा
फूल टिपी हानूँ कि
३.
खाल्टी पर्या गालाको
स्याउ भए खान्थेँ टोकेर
मतवाली चालाको
४.
वैलिएर नजाँदै
त्यो फूल आजै टिपी लाऊँ कि
मैलिएर नजाँदै
५.
छाडी कतै जान्नँ म
के छ विचार भन मायाले
बलजफ्ती लान्नँ म
लयः इन्द्रकमल
वि.सं.२०७८ फागुन २१ शनिवार ०७:५० मा प्रकाशित






























