back
CTIZAN AD

स्थानीय तहको निर्वाचन नजिकीए सँगै जिल्लामा राजनीतिक दलहरुको चहलपहल

वि.सं.२०७८ फागुन २३ सोमवार

987 

shares

मान्म । स्थानीय तहको निर्वाचनका लागि जिल्लामा राजनीतिक दलहरुको चहलपहल बढेको छ । कालीकोटका राजनीतिक दल आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका पक्षमा माहोल बनाउन सक्रिय भएका छन् ।

जिल्लाका तीन नगरपालिका र छ गाउँपालिकासहित ८२ वटै वडामा जनप्रतिनिधि चुन्नका लागि हुन लागेकोे निर्वाचनले राजनीतिक दलका नेता तथा कार्यकर्तासँगै सर्वसाधारणलाई समेत उत्साहित बनाएको छ ।

जिल्लाका मुख्य राजनीतिक दल नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लगायतले निर्वाचन केन्द्रित अभियान सञ्चालन गरिरहेका छन् । कांग्रेस विगतमा स्थानीय तह निर्वाचनमा गुमेको साख फर्काउने योजनामा छ । एमाले आफ्नो साख जोगाउने लक्षमा छ । नेकपा (माओवादी केन्द्र) पहिलो शक्तिका रुपमा स्थापित हुने प्रयत्नमा देखिन्छ ।

स्थानीय तह र वडास्तरमा रहेका पार्टीका समितिको बैठक डाकेर निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको कांग्रेसको जिल्ला कार्य समितिको बैठकले थप निर्वाचन लक्षित योजना पनि बनाएको पार्टीका जिल्ला सभापति अम्बबहादुर शाहीले बताए । “सबै शक्ति अब चुनावमा केन्द्रित गर्छौं, पार्टी सङ्गठनसँगै विभिन्न भ्रातृ तथा सुभेच्छुक सङ्गठनहरु चुनावी अभियानमा सक्रिय भएका छन्, भेला, बैठक, प्रशिक्षणका कार्यक्रमले थप व्यापकता पाउँछन्”, उनले भने, “पालिका कार्यसमितिले निर्णय गरेर टोल अभियान सञ्चालन गरिरहेका छन् ।”

पालिका कमिटीको बैठकमार्फत वडा कमिटी हुँदै टोल र टोल कमिटी गठन गर्ने र जनवर्गीय सङ्गठनको पुनर्गठन र विस्तारका कार्यक्रमलाई अघि बढाइएको माओवादी केन्द्रका जिल्ला संयोजक लक्ष्मीप्रसाद चौलागाईंले बताए । “स्थानीय तहको निर्वाचनका लागि सबै पालिका र वडा कमिटीलाई चुनावमा केन्द्रित हुन भनेका छौँ”, उनले भने, “सबै पालिका र वडा कमिटी क्रियाशील छन्, यसपटक माओवादीको सुदृढ सङ्गठनले जिल्लामा मजबुत नतिजा ल्याउने गरी अघि बढेका छौँ ।”

एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले समेत आफ्नो सङ्ठनलाई जिल्लाको सबै पालिकास्तरमा विस्तार गर्ने गरी गतिविधिलाई तीव्रता दिएको छ । पार्टी सङ्गठन निर्माणसँगै जनवर्गीय सङ्गठन निर्माण र चुनाव लक्षित भेला तथा प्रशिक्षणका गतिविधि अघि बढाइएको पार्टीका जिल्ला अध्यक्ष विश्वराज बमले बताए ।

जिल्लामा एमाले, कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) एक्लाएक्लै प्रतिस्पर्धा गर्ने अवस्था आएमा साना पार्टीका मतदातासमेत कतिपय वडा र पालिकामा निर्णायक बन्ने देखिएका छन् ।
रासस

वि.सं.२०७८ फागुन २३ सोमवार १३:२२ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...