back
CTIZAN AD

३० अकंले घट्यो नेप्से, कारोबार रकम २ अर्ब ३५ करोड

वि.सं.२०७८ फागुन २५ बुधवार

1.2K 

shares

२५ फागुन, काठमाडौँ । साताको चौथो दिन बुधबार सेयर बजार (नेप्से) ३० दशमलब २९ अकंले घटेर २५१४ दशमलब ६५ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ५ दशमलब ४६ अकंले घटेर ४८७ दशमलब ०७ विन्दुमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२९ कम्पनीको २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ रुपैंया बराबरको ४९ लाख ५९ हजार ९१९ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ३९ हजार ७ सय ८८ पटक लेनदेन भएको हो ।

कारोबार रकमको आधारमा नेपाल टेलिकम, एनआईशी एशिया बैंक, अपी पावर, अरुण भ्याली हाईड्रोपावर, हिमालयन डिष्टिलरी लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा अपी पावर, अरुण भ्याली हाईड्रोपावर, पाँचथर पावर कम्पनी, एचआईडिसिएल, एनआईशी एशिया बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबै भन्दा धेरै कमाउनेमा माउन्टेन इनर्जी, इमर्जीङ्ग नेपाल, आईसिएफसी फाइनान्स, प्रभु इन्स्योरेन्स लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन । त्यसैगरी आज सबै भन्दा धेरै गुमाउनेमा भने विशाल बजार कम्पनी, सामुदायिक लघुवित्त, बुद्धभुमी नेपाल हाईड्रोपावर, नेपाल हाईड्रो डेभलपर्स, माउन्टेन हाईड्रो नेपाल लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।

वि.सं.२०७८ फागुन २५ बुधवार १५:२२ मा प्रकाशित

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...