अष्ट्रेलिया । अष्ट्रेलियामा अध्ययन लगायत विभिन्न कामका लागि पुगेका नेपालीमध्ये केही नेपालीले विभिन्न कारणले ज्यान गुमाउनेको संख्या बढ्न थालेका छन् ।
पछिल्लो तीन महिनाको अवधिमा झण्डै आधादर्जन नेपालीले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा हृदयघात, दुर्घटना मात्र नभइ अन्य कारणहरु पनि रहेको पाइएको छ । बेलुका खाना खाएर राम्रै सुतेकाहरु विहान मृत अवस्थामा भेटिएको पनि पाईएको छ ।
मृत्यु हुनेमा अधिकांश विद्यार्थीहरु न्यूसाउथ वेल्सका रहेका छन् । पछिल्ला ८ महिनामा न्यू साउथ वेल्सका ९ जना, भिक्टोरिया र नर्दन टेरिटोरीका २/२ जना र दक्षिण अष्ट्रेलियाका एक विद्यार्थीको मृत्यु भएको समाचार अष्ट्रेलियाबाट नारायण खड्काले कान्तिपुरमा लेखेका छन् ।
विद्यार्थीको मृत्यु भएपछि उनीहरुको शब नेपाल पठाउन वा अष्ट्रेलियामै दाहसंस्कार गर्न सहयोग पुर्याउँदै आएको एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलका अनुसार गतवर्ष १२ जना नेपालीको ज्यान गएकोमा यो वर्षको ८ महिनामा १४ नेपालीको विभिन्न कारणले मृत्यु भएको हो ।
वि.सं.२०७८ फागुन २७ शुक्रवार ०९:३० मा प्रकाशित






























