काठमाडौं । गृहमन्त्रालयले २०७९ सालको सार्वजनिक विदाको सूची सार्वजनिक गरेको छ ।
बिहीबार प्रकाशित गरिएको उक्त सूची अनुसार २०७९ सालमा शनिबार बाहेक थप ४३ दिन थप सार्वजनिक विदा हुने भएको छ । २०७९ सालमा शनिबारसहित ९५ दिन सार्बजनिक बिदा परेको छ । जसमा ५२ दिन शनिबार र ४३ दिन सार्बजनिक बिदा रहेको छ ।
शनिबार बाहेकको ४३ दिन विदामा पर्व विदा २० दिन रहेको छ । जसमा नेपालीहरुको मूख्य पर्व दशैंमा ६ दिन र तिहारमा ५ दिनका लागि विदा हुने भएको छ ।
सूची अनुसार २०७९ सालको दसैं बिदा असोज १६ गने फूलपाती देखि २१ गते द्धादशमीसम्म गरेर ६ दिन रहेको छ । साथै कात्तिक ७ गतेदेखि ११ गतेसम्म ५ दिन तिहार बिदा रहेको छ ।
त्यसैगरी अन्य सार्वजनिक बिदाहरुमा २०७९ सालको बैशाख १ गते नयाँवर्ष, भदौ ६ गते आइतबार रक्षा बन्धन, कात्तिक २४ गते छटपर्व, माघ १ गते माघे संक्रान्ति, फागुन १७ गते मंगलवार महाशिवरात्री पर्वको सार्वजनिक विदा रहेको छ ।
यस्तो छ राजपत्रमा प्रकाशित गरिएको पूर्ण सूची






वि.सं.२०७८ फागुन २७ शुक्रवार ०८:५९ मा प्रकाशित






























