back
CTIZAN AD

निर्वाचनमा तालमेलका लागि कोसिस गर्छौँ, नभए एक्लै प्रतिस्पर्धा गर्छौँ : प्रचण्ड

वि.सं.२०७८ फागुन २८ शनिवार

726 

shares

त्रिशूली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आसन्न निर्वाचनमा सकेसम्म गठबन्धनबीच सहकार्य गर्ने अन्यथा एक्लै प्रतिस्पर्धा गर्ने बताएका छन् ।

दिवङ्गत नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को नुवाकोटको पिपलटारमा निर्माण गरिएको पूर्णकदको शालिक अनावरण गर्दै अध्यक्ष प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) कार्यान्वयनका पक्षमा देखिएको समस्या समाधानका लागि सत्तारुढ गठबन्धनबीच भएको सहकार्य आसन्न निर्वाचनमा पनि कायमै राख्न कोसिस गरिने बताए ।

“केन्द्रीय कमिटीको हालै सम्पन्न बैठकले निर्वाचन केन्द्रित दुईमहिने अभियानको घोषणा गरेकाले अबको समय चुनावी तयारीको रहेको छ”, उनले भने, “अब प्रदेशस्तरीय भेला तथा प्रशिक्षण गर्दै त्यसपछि जनताको घरघरमा पुगेर पार्टीलाई विजयी गराउनका लागि अपिल गर्ने नीति पार्टीले अवलम्बन गरेको छ ।” स्थानीय तहको चुनावमा सत्तारुढ गठबन्धनबीच तालमेल प्रयास जारी रहेको बताउँदै अध्यक्ष प्रचण्डले भने, “जनतासँगको सम्बन्ध बलियो बनाएर आफ्नै खुट्टामा उभिएर चुनाव जित्न उच्च प्रथामिकता दिने हो तर सत्तारुढबीचको सम्बन्ध कायम राख्दै तालमेललाई पनि ध्यान दिने र त्यसका लागि पनि नेतृत्वले प्रयास गरिराख्छ ।”

दिवाकरको सम्झना

नेपालको कम्युनिष्ट आन्दोलन र माओवादी पार्टीको सङ्गठन निर्माणसहित सुदृढीकरणमा शालिन र शिष्ट नेता दिवाकरको निधनले ठूलो क्षति पुगेको र अहिले पनि अभाव खट्किरहेको अध्यक्ष प्रचण्डले बताए । ‘पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’का संरक्षकसमेत रहेका प्रचण्डले विदुर–५ पिपलटार उद्यानमा बनाइएको शालिक मात्र नभई उनको योगदानको शिक्षा ग्रहण गर्ने थलोका रूपमा विकास गर्न सुझाव दिए ।

कार्यक्रममा नुवाकोटबाट प्रतिनिधित्व गर्दै केन्द्रीय राजनीतिमा रहेका नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशरण महत, नेकां कार्यसम्पादन समितिका सदस्य डा रामशरण महत, अजुर्ननरसिंह केसी, नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ, केन्द्रीय सदस्य हितबहादुर तामाङ, नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रकाश लाहनीलगायतका वक्ताले दिवाकरलाई सामान्य जीवनशैली, देश र जनताका लागि इमान्दार व्यक्तित्व एवं टुटफुटभन्दा पनि एकताको पक्षमा लगनशील व्यक्तित्वको रूपमा उहाँको योगदानको चर्चा गरेका थिए ।

तत्कालीन पार्टी उपाध्यक्षसमेत रहेका दिवाकरको विसं २०७१ भदौ ३० गते हृदयघातका कारण निधन भएको थियो । पूर्वमन्त्रीसमेत रहनुभएका उनको स्मृतिमा नुवाकोटको पिपलटारमा स्थापना गरिएको पूर्णकदको शालिकको अनावरण गरिएसँगै उनकोे जीवन झल्कने वस्तुस्थिति, लेख रचना, पार्टीका लागि पु¥याएको योगदानलगायतका सामग्री समावेश गरेर पुस्तकालयसमेत स्थापना गर्ने र उहाँको अधुरो सपना पूरा गर्ने अभियानमा लाग्ने प्रतिष्ठान अध्यक्ष हितराज पाण्डेले बताए ।

दिवाकरको जन्म नुवाकोटको साविक तुप्चे गाविस–२ स्थित भित्रीनिटारमा विसं २०१० मा भएको थियो । नेपाली कम्युनिष्ट आन्दोलनको ऐतिहासिक चरण विसं २०३६ को पञ्चायत सुधारको आन्दोलन, विसं २०४६ को बहुदल स्थापनाको आन्दोलन, विसं २०५२ देखिको एक दशकसम्म चलेको जनयुद्ध (सशस्त्र) आन्दोलन, विसं २०६२–६३ को दोस्रो जनआन्दोलनमा प्रत्यक्ष नेतृत्व गरेका दिवाकर पटक–पटक दमन, गिरफ्तार, यातना र चुनौतीमाझ पनि कहिल्यै नझुक्ने निडर क्रान्तिकारी योद्धाका रूपमा लिने गरिएको छ ।

वि.सं.२०७८ फागुन २८ शनिवार २०:५३ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...