back
CTIZAN AD

जर्मनीले तत्काल रूसी तेल आयात रोक्न नसक्ने

वि.सं.२०७८ फागुन २८ शनिवार

720 

shares

बर्लिन । जर्मनीले यस वर्षको अन्त्यसम्ममा रुसी तेल आयातबाट झण्डै मुक्त हुने लक्ष्य लिएको शनिबार जनाएको छ ।
युक्रेनमाथिको आक्रमणपछि संयुक्त राज्य अमेरिकालगायत यूरोपेली मुलुकहरूले मस्कोलाई प्रतिबन्ध लगाउने र आर्थिक दबाव सिर्जना गर्ने योजना अघि सारेपनि जर्मनीले तत्काल रूसी तेलमाथिको निर्भरतालाई सम्बोधन गर्न सम्भव नभएको जनाएको हो ।

फ्र्¥याङफर्टर आल्जेमाइन जाइटुङले रोबर्ट हाबेकलाई उद्धृत गरी उल्लेख गरेको छ, “हरेक दिन, साँच्चै भन्ने हो भने, हामी हरेक घण्टा रूसी आयातलाई बिदाइ गर्दैछौं । हामी शरद ऋतुसम्ममा रूसी कोइलाबाट स्वतन्त्र हुनेछौं र वर्षको अन्तसम्ममा रूसी तेलमाथिको निर्भरताबाट स्वतन्त्र हुनेछौं ।”

जर्मनीले हाल आफ्नो तेलको एक तिहाइ र रूसबाट ४५ प्रतिशत कोइला आयात गरेको सरकारी तथ्याङ्कले देखाएको छ ।

जर्मनीको लागि रूसी ग्याँस काट्नु एउटा कठिन परिस्थिति हो, जसले रूसबाट आधाभन्दा बढी ग्यास आयात गर्छ ।

हाबेकले रूसी ऊर्जा आयातमा रोक लगाउन प्रतिरोध गर्दै उहाँले रूसी इन्धन बहिस्कारले हिउँदमा इन्धन अभाव हुने र मुद्रास्फीति बढ्ने चेतावनी दिएका छन् । फेब्रुअरी २४ मा सुरु भएको युक्रेनमाथिको घातक आक्रमणका लागि खासगरी अमेरिकालगायतका यूरोपेली मुलुकले रूसविरुद्ध व्यापक प्रतिबन्ध लगाएका छन् ।

प्रतिबन्धलाई थप कडा पार्दै अमेरिका र बेलायतले मार्च ८ देखि रूसी तेल आयातलाई बन्द गरिसकेका छन् । एएफपी

वि.सं.२०७८ फागुन २८ शनिवार २१:१० मा प्रकाशित

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...