back
CTIZAN AD

भिभोले उपभोक्ता मैत्री प्राविधिक प्रवृत्ति विकास गर्दै

वि.सं.२०७८ चैत १ मंगलवार

696 

shares

काठमाडौं । भिभोका लागि २०२१ आवश्यक परिवर्तन ल्याउने वर्ष सावित भएको छ । आफूलाई गुणस्तरीय उत्पादनको सिर्जना कर्ताबाट प्रविधि र डिजाइन दर्शनद्वारा सशक्त परिवर्तनवादी उत्पादनका निर्मातामा रूपान्तरण गरेको भिभोका वरिष्ठ उपाध्यक्ष शि युजियानले बताएका छन् ।

युजियानले २०२१ को भिभो विकास कर्ता सम्मेलनमा आविष्कारतर्फ अग्रसर गर्ने कम्पनीको प्रयोगकर्ता–उन्मुख रणनीतिको महत्वको बारेमा बताएका थिए । उनले प्रयोगकर्ताले भिभोप्रतिको आफ्नो दृष्टिकोणलाई ‘भिभो उत्पादनहरू छनोट गर्ने’ बाट ‘भिभो उत्पादनलाई माया गर्ने’ मा रूपान्तरण गर्ने बताए ।

भिभोले कम्प्युटिङ कार्यसम्पादनलाई अझ राम्रो बनाउन र पावर खपतको दक्षता बढाउन, उच्च रियल–टाइम कम्प्युटिङ इन्जिन, इन्टेलिजेन्ट सेड्युलिङ कम्प्युटिङ इन्जिन र उच्च गतिको डाटा–चेजिङ–लोडिङ कम्प्युटिङ इन्जिनसहित कम्प्युटिङ इन्जिन डिजाइन गरेको छ ।

त्यस्तै, भिभोले मेमोरी व्यवस्थापन दक्षता र कार्यसम्पादन बढाउन नवप्रवर्तनमा लगानी गरेको छ ।

सिस्टम रेसिडेन्ट मेमोरी लाइफ साइकल, एप्लिकेसन मेमोरी नियतन र डिर्याम र एसओसी आन्तरिक केसको व्यापक व्यवस्थापन सुनिश्चित गर्न कम्पनीले एक स्वतन्त्र भर्चुअल केस इकाइलाई अनुकूलित गरेको थियो ।

भिभोको आइओटी इकोसिस्टम पनि यसको प्राविधिक उन्नतिले सशक्त बनाइएको छ जसले उपकरणको जडान, डाटा प्रवाहको दक्षता र द्रुत एपलाई अपग्रेड र अप्टिमाइज गर्छ, जसले प्रयोगकर्तालाई थप आनन्ददायक स्मार्ट होम अनुभव प्रदान गर्छ । भिभोले आफ्नो आईओटी इकोसिस्टमअन्तर्गत चीनमा लगभग ६० वटा स्मार्ट ब्रान्डसँग सहकार्य गरेको छ ।

वि.सं.२०७८ चैत १ मंगलवार ०९:१७ मा प्रकाशित

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

काठमाडौँ । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नियो भर्स प्रा.लि.(नेओटेरिक...

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट सम्मानित

नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त...