back
CTIZAN AD

यशोदा फुड्सले ल्यायो करेन्ट चिज एन्ड बटर र करेन्ट मशरुम नुडल्स

वि.सं.२०७८ चैत १ मंगलवार

768 

shares

काठमाडौं । यशोदा फुड्सले नेपाली बजारमा नयाँ स्वादका चाउचाउ र चिज बल्स सार्वजनिक गरेको छ ।

कम्पनीले सोमवार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै करेन्ट चिज एण्ड बटर र करेन्ट मशरुम नुडल्स सार्वजनिक गरेको हो ।

उद्योगले सुपर प्रिमीयम चाउचाउ अन्तर्गत करेन्ट चिज एण्ड बटर, करेन्ट मसरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स (फेमिली प्याक) र करेन्ट चिज चिकेन पिज्जा नाम र स्वादको चाउचाउ सार्वजनिक गरेको हो ।

सुपर प्रिमीयम चाउचाउ अन्तर्गत नेपालमै पहिलो पटक करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स फेमिली प्याकमा उपलब्ध छ भने यसको प्रति पिसको मुल्य १२० रुपैयाँ र तौल १२० ग्राम रहेको समेत उद्योगले जनाएको छ ।

साथै फेमीली प्याकमा २० रुपैयाँ पर्ने करेन्ट इन्स्ट्यान्ट नुडल्स र पिज्जाको स्वादमा करेन्ट चिज चिकेन पिज्जा समेत उद्योगले सार्वजनिक गरेको छ । उद्योगले चिजको स्वादमा ५० रुपैयाँ पर्ने चिज बल्स समेत सार्वजनिक गरेको छ । कम्पनीले कार्यक्रममा विदेशबाट हुने चाउचाउ आयातलाई विस्थापित गरी स्वदेशी उत्पादनलाई बढावा दिँदै करेन्ट अहिले नेपालकै नं १ ब्राण्ड बनिसकेको दाबी गरेको छ ।

उपभोक्ताको पहिलो रोजाईमा यशोदा फुड्सका उत्पादन रहेको र सोही अनुसार नविनतम स्वादका ब्रान्डहरु पस्कीने अवशर प्रदान गरेको उद्योगले जनाएको थियो । नेपालमा मात्र नभइ भारत, युरोप, कोरिया, जापान, अमेरिका, क्यानाडा, वेलायत, अष्ट्रेलिया लगायत देशमा समेत आफ्ना उत्पादन निर्यात गरी देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याइरहेको उद्योगको भनाइ छ ।

वि.सं.२०७८ चैत १ मंगलवार ०९:१३ मा प्रकाशित

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नियो भर्स प्रा.लि.(नेओटेरिक...

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट सम्मानित

नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त...

अर्थका सहसचिवको निष्कर्षप्रति अर्थशास्त्री रविन्द्र भट्टराईको कडा असहमति

अर्थका सहसचिवको निष्कर्षप्रति अर्थशास्त्री रविन्द्र भट्टराईको कडा असहमति

काठमाडौं । शेयर विश्लेषक तथा अर्थशास्त्री रविन्द्र भट्टराईले प्रतिनिधिसभाको अर्थ...

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको विकासका...