back
CTIZAN AD

सगरमाथा इन्स्योरेन्स कम्पनीद्वारा एम्बुलेन्स हस्तान्तरण

वि.सं.२०७८ चैत १ मंगलवार

612 

shares

काठमाडौं । उदयपुर सिमेन्ट उद्योग र देउरी स्वास्थ्य चौकीको संयुक्त ब्यवस्थापनमा संचालन गर्ने गरी सगरमाथा इन्स्योरेन्स कम्पनीले उक्त स्वास्थ्य चौकीको पूनर्निर्माण तथा एक थान एम्बूलेन्स खरिदका लागि १५ लाख बराबरको रकम उपलब्ध गराएको थियो ।

त्रियुगा न.पा. वडा नं. ५ स्थित स्वास्थ्य चौकीमा शनिबार आयोजित एक कार्यक्रमकाबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले देउरी स्वास्थ्य चौकीलाई उपलब्ध गराएको उक्त एम्बुलेन्सको साँचो त्रियुगा न.पा.का प्रमुख बलदेव चौधरीलाई हस्तान्तरण गरे ।

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन गरेर आपतकालिन अवस्थामा यस क्षेत्रका बासिन्दाहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखी एम्बुलेन्स सेवालाई सहज बनाउने उद्देश्यले उदयपुर सिमेन्ट उद्योगको अनुरोधलाई स्वीकार गरी एम्बुलेन्स उपलब्ध गराईएको जानकारी गराउँदै स्वास्थ्य चौकीमा एम्बुलेन्सको उपलब्धता पश्चात यस वरपर क्षेत्रका बासिन्दालाई सस्थ्य सेवा लिन सहज हुने धारणा ब्यक्त गरे ।

बीमा समृद्धिको आधार रहेको र नेपालमा बीमा शूल्क सोचे जस्तो महंगो नभएकोे र बीमाको पहुँच सर्वसुलभ बनाउन सरकारले कृषि तथा पशूपंक्षी बीमाका लागि ८० प्रतिशत अनुदान दिएको जानकारी गराउँदै बीमाको प्रचार प्रसारमा जोड दिन आवश्यक रहेको बताए ।

सोही कार्यक्रममा एम्बुलेन्स र प्रयोगशालालाई आवश्यक पर्ने प्राविधिक जनशक्तीको ब्यवस्थापनका लागि उदयपुर सिमेन्ट उद्योग लि.का तर्फबाट महाप्रवन्धक गोपिकृष्ण न्यौपानेले देउरी स्वास्थ्य चौकीलाई सात लाखको चेकसमेत हस्तान्तरण गरिएको थियो ।

वि.सं.२०७८ चैत १ मंगलवार ०९:११ मा प्रकाशित

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नियो भर्स प्रा.लि.(नेओटेरिक...

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट सम्मानित

नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त...

अर्थका सहसचिवको निष्कर्षप्रति अर्थशास्त्री रविन्द्र भट्टराईको कडा असहमति

अर्थका सहसचिवको निष्कर्षप्रति अर्थशास्त्री रविन्द्र भट्टराईको कडा असहमति

काठमाडौं । शेयर विश्लेषक तथा अर्थशास्त्री रविन्द्र भट्टराईले प्रतिनिधिसभाको अर्थ...

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको विकासका...