१ चैत, काठमाडौँ । यू-१८ महिला साफ च्याम्पियनसिपको तेस्रो संस्करणको उद्घाटन खेलमा आज नेपालले आयोजक भारतको सामना गर्दै छ ।
यस साफ च्याम्पियनसिपको तेस्रो संस्करणमा नेपाल, भारत र बंगलादेश गरी ३ राष्ट्रले भाग लिएका छन् । चैत १० गतेसम्म सञ्चालन हुने यस प्रतियोगिता डवल राउण्ड रोविन प्रणालीमा आयोजना हुनेछ । लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।
नेपालले आफ्नो दोस्रो खेल मार्च १७ मा बंगलादेशको विरुद्ध खेल्ने छ । त्यसैगरी तेस्रो खेल मार्च २१ भारत फेरी विरुद्ध खेल्ने छ भने अन्तिम खेल मार्च २३ मा बंगलादेश विरुद्ध खेल्ने छ ।
नेपाल र भारतबिचको खेल राति ७:१५ बाट सुरु हुनेछ ।
वि.सं.२०७८ चैत १ मंगलवार १०:३३ मा प्रकाशित
























