back
CTIZAN AD

नेपाल टेलिकमको लाभांश घोषणा, बोनस कति ?

वि.सं.२०७८ चैत १ मंगलवार

729 

shares

१ चैत, काठमाडौँ । नेपाल टेलिकम लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल ४० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कम्पनीले चैत २४ गते वार्षिक साधारण सभा डाकेको छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत ११ गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार चैत १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्नुका साथै कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

वि.सं.२०७८ चैत १ मंगलवार १०:१५ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...