back
CTIZAN AD

ढुंगेल, शर्मा र कोइरालाद्धारा लिखित तीन कृतीको एकसाथ लोकार्पण

वि.सं.२०७८ चैत १ मंगलवार

648 

shares

गान्तोक सिक्किमको विकास क्षेत्रमा अवस्थित साहित्य परिषद भवनमा एकै साथ तीन कृतीको लोकार्पण गरिएको छ ।
टिका ढुंगेल रटनको समिक्षा संग्रह ’कलमहरूको मुल्यांकन’ दोस्रो सीता शर्मा ’शीत’को बहरबद्ध गजल संग्रह ’आँखिझ्यालझ’ र रमा कोइराला ‘अद्रिजा’ कविता संग्रह फागुन २९ का दिन लोकार्पण गरिएको हो ।

मुनाल साहित्यिक यात्रा दलपचन्द पूर्व सिक्किमद्वारा आयोजित उक्त कार्यक्रममा सभाध्यक्ष हरि ढुंगेल, साथै मुख्य अतिथि रुद्र पौड्याल थिए भने नेपालबाट पाल्नु भएका बरिष्ठ साहित्यकार गजलज्ञाता डा. घनश्याम ’परिश्रमी’ विशिष्ट अतिथिको रुपमा रहेका थिए ।

No description available.

मुनाल साहित्यिक यात्रा का संस्थापक कृष्ण दवाडीको स्वागत सम्बोधनबाट शुरू भएको उक्त कार्यक्रममा लोकार्पित पुस्तक ’आँखिझ्याल माथि गजलकार मोहन गौतमले समिक्षात्मक मन्तव्य राखे भने ’ कलमहरूको मुल्यांकन’ अनि ’ प्रेमिल भावना’ माथि तेजमान बराईली र माधव खनालले क्रमैरूपले समिक्षात्मक टिप्पणी गरेका थिए ।

उक्त कार्यक्रममा विशिष्ट अतिथि गजल विद्धत्छिरोमणी डा. घनश्याम ’परिश्रमी’ लाई मुख्य अतिथिको बाहुलीबाट अभिनन्दन गरिएको थियो ।

No description available.

सम्बोधनको क्रममा डा. परिश्रमीले लोकार्पित सीता शर्मा सितको बहरबद्ध गजल संग्रह ‘आँखिझ्याल’ सिक्किमबाट प्रकाशित पहिलो नेपाली भाषाको बहरबद्ध गजल संग्रह भएको साथै भारतभूमीबाट दोस्रो बहरबद्ध कृति हो भनि बताए ।

आफ्नो सोध अनुसार सिलगुडीबाट प्रकाशित क्षेत्र प्रेम मुखियाको गजल संग्रह भारतभुमीबाट पहिलो नेपाली भाषाको बहरबद्ध गजल संग्रह रहेको कुराको पनि जानकारी गराए ।

No description available.

मुख्य अतिथि रुद्र पौड्यालले, साहित्यद्वारा जीवन र समाजलाई सही गोरेटोमा लान सक्ने र साहित्यको अध्ययनले मानव जीवन सार्थक हुने बताए । सभाध्यक्ष हरि ढुंगेलले, साहित्यकारहरूमा कुनै जातजातिको सिमाना लाग्न नहुने विचार व्यक्त गरे ।

गीतकार भक्ति शर्माद्वारा संचालित उक्त कार्यक्रममा जीविका अश्रु, भिम रावत, प्रेम नेउपाने, संगम सुधा, सुरेखा ढुंगेल, सीता शर्मा ’शीत’ आदिले आफ्नो रचना वाचन गरेका थिए ।

वि.सं.२०७८ चैत १ मंगलवार १०:१५ मा प्रकाशित

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...

कविता : जिब्रो बटार्ने सिसी

कविता : जिब्रो बटार्ने सिसी

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी निस्के बाघ बनेर...