काठमाडौं । दक्षिण कोरिया पठाईदिन्छु भनि ठगी गरेको अभियोगमा एक कोरियन नागरिक पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–७ लाहुरेटोल चावहिल बस्ने राहदानी नम्बर एम८५५६६२२७ बाहक दक्षिण कोरियन नागरिक ७३ वर्षीय रे सि जङलाई काठमाडौं महानगरपालिका–३ महांकालबाट सोमबार पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–७ चावहिलस्थित ओके कन्सल्टेन्सीको संचालक हुँ भनि वेल्डिङ ट्रेनिङ गराई दक्षिण कोरियामा रोजगारमा पठाईदिन्छु भनि पीडितबाट रकम लिएर नपठाई रकम ठगी गरेको आरोपमा पक्रउ परेका हुन् ।
पीडितले आफु ठगिएको जाहेरी दिएपछि प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरिय प्रहरी वृत्त गौशाला काठमाडौं पठाइएको छ ।
वि.सं.२०७८ चैत १ मंगलवार १३:३३ मा प्रकाशित






























