काठमाडौं । रुस र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध कसैबाट लुकेको छैन । त्यसलाई पूरा गर्न चीनले युक्रेन युद्धको बीचमा रुसलाई सैन्य र आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । यसले रुसलाई सहयोग नगर्न चीनलाई मनाउने अमेरिकी प्रयासलाई कमजोर बनाएको छ।
रुसले चीनसँग सशस्त्र ड्रोनसहित महत्वपूर्णं सैन्य सामाग्री मागेको थियो । सञ्चार माध्यमले बताएअनुसार चीन उक्त सामाग्रीहरु दिन सहमत भएको छ । अमेरिकी अधिकारीहरूले चीनले युक्रेनमा सशस्त्र ड्रोन पठाउन सक्ने सम्भावना रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
अमेरिकी पक्षले चीनलाई मनाउन निकै प्रयास गरेको थियो । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले इटालीको राजधानी रोममा चीनका एनएसए याङ जिएचीसँग झण्डै सात घण्टा लामो भेटवार्ता गरेका थिए । बैठकपछि बाइडेन प्रशासनका एक अधिकारीले सात घण्टा लामो छलफल भएपनि नतिजा निस्कन नसकेको बताए ।
अमेरिका र चीनबीच वार्ता हुनु नै महत्वपूर्णं उपलब्धी भएको कतिपयको टिप्पणी छ । साथै, पुनः छलफल गर्ने भने उनीहरुबीच सहमति भएको छ ।
अमेरिकी अधिकारीहरू रोमबाट निराश भएर फर्किए पनि चिनियाँ सरकारले मस्कोलाई समर्थन गर्ने आफ्नो निर्णय परिवर्तन गर्नेछ भन्नेमा उनीहरूलाई आशा थिएन । अमेरिकी अधिकारीले चीनको निर्णय निराशा बनाउने भनि टिप्पणी गरेका छन् ।
सहयोग गर्न नै जटिल
चीनबाट आयात हुने सैन्य सामग्रीमा राम्ररी सशस्त्र ड्रोन र विभिन्न प्रकारका गोलाबारुद समावेश छन्, तर कुनै पनि सैन्य सहायता प्रत्यक्ष रूपमा डेलिभर गर्न सकिँदैन। दुवै पक्षलाई थाहा छ कि उनीहरूबीच साझा प्रणाली छैन, त्यसैले मद्दत पठाउन पनि सजिलो छैन।
रुसले पनि चीनसँग रासनको प्याक मागेको छ । यसले रुसले युद्धको लम्बाइका कारण धेरै समस्याहरू सामना गरिरहेको देखाउँछ। युद्ध जति लामो हुन्छ रुसको समस्या उति बढ्दै जानेछ ।
वि.सं.२०७८ चैत १ मंगलवार १३:५४ मा प्रकाशित






























