back
CTIZAN AD

कार्यविधिको असहजताका कारण किसानलाई राहत दिन समस्या

वि.सं.२०७८ चैत १ मंगलवार

504 

shares

गलकोट । हिमपातका कारण तरकारीमा क्षति पुर्याउँदा बागलुङका किसानलाई रु १५ लाख ४० हजारको नोक्सानी भएको छ ।

गत माघ २१ गते भारी हिमपातका कारण किसानले ७० टनेलमा लगाएको तरकारी नष्ट हुँदा सो मूल्य बराबरको नोक्सानी भएको हो ।

हिमपातले किसानको प्लास्टिक टनेलमा व्यापक क्षति पु¥याएको गुनासो आएपछि कृषि ज्ञान केन्द्र बागलुङले सङ्कलन गरेको तथ्याङ्क अनुसार बागलुङको उच्च पहाडी क्षेत्रमा किसानले निर्माण गरेका ७० टनेलमा क्षति पु¥याउँदा रु १५ लाख ४० हजार नोक्सानी भएको छ ।

आधुनिक तरकारी खेतीका लागि किसानले विभिन्न स्थानमा निर्माण गरिएको ७० टनेलमा क्षति पु¥याएको थियो । अन्य खेतीलाई भने हिमपातले राम्रो गरेको केन्द्रले जनाएको छ । बाक्लो हिमपात थेग्न नसकेर किसानले स्थापना गरेको प्लाष्टिक टनेलमा क्षति पु¥याएको र टनेल मर्मतका लागि राहत दिनका लागि पहल भइरहेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त ढकालले जानकारी दिए ।

“सानो हिमपातले त किसानलाई फाइदै पु¥याउँछ, गहुँ जौको उत्पादनमा वृद्धि गराउँछ तर यस पटक बागलुङको उच्च पहाडी भेगमा बाक्लो हिमपात भएको छ”, उनले भने “हिमपातले अन्य बालीलाई राम्रो गरेपनि प्लाष्टिक टनेलमा क्षति पु¥याएको छ, टनेल मर्मतका लागि प्लाष्टिक दिने योजनामा छौं, टनेलसंगै त्यसभित्रका टमाटरलगायतका तरकारीमा समेत क्षति भएको छ ।”

कृषि ज्ञान केन्द्रका अनुसार एउटा टनेलमा झण्डै २२ हजार मूल्य बराबरको क्षति भएको अनुमान छ । हिमपातका कारण सबैभन्दा बढी क्षति ढोरपाटन नगरपालिकामा किसानले निर्माण गरिएको टनेलमा भएको छ । सो नगरपालिकामा ४५, ताराखोला गाउँपालिकामा ५, तमानखोला गाउँपालिकामा ५, काठेखोला गाउँपालिकामा ५ र मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत जिल्लाभरका १० टनेल गरी कूल ७० टनेलमा क्षति पु¥याएको हो ।

डायमण्ड कृषि फार्मका सञ्चालक तमानखोला गाउँपालिका–२ भयरबोङ्गा कटेरीका चुडामणि छन्त्यालले आफ्नो फार्ममा रहेका दुई हाइटेक प्लास्टिक टनेलमा क्षति पु¥याएको जानकारी दिनुभयो । अधिकांश क्षेत्रमा टनेलको प्लास्टिक च्यातिएको र बीचको डण्डी हिमपातका कारण भाँच्चिएको छ । कृषि ज्ञान केन्द्रले तत्कालै राहत दिन नसकेपनि अनुदानमा प्लास्टिक दिने योजना रहेको जनाएको छ ।

नपसाएको गहुँ, जौं र आलु खेतीमा हिमपातले राम्रो गरेका कारण उत्पादन बढ्ने सम्भावना रहेको केन्द्रले जनाएको छ । हिमपातले टनेल बाहेकका अन्य बालीको उत्पादन बढाउन सक्ने बताइएको छ । हिमपातका कारण उच्च पहाडी भागका जग्गामा राम्रो सिँचाइ पुगेको छ । ज्ञान केन्द्रका अनुसार वर्षाका कारण पानीले क्षति पु¥याएको धानबालीका किसानलाई राहत दिनसमेत अहिले समस्या भएको छ ।

विसं २०७८ असोज ३१ पछिको वर्षाले गलकोटमा ५६० हेक्टर जग्गाको धानमा आंशिक क्षति भएको थियो भने जिल्लाभर रु एक करोड ४८ लाख बराबरको धानबालीमा नोक्सान भएको अवस्था भए पनि कार्यविधिको असहजताका कारण किसानलाई राहत दिन समस्या भएको ज्ञान केन्द्र बागलुङले जनाएको छ । “तत्कालै अनुगमनमा समस्या भयो, पानी बसेपछि किसानले धान उठाए, तर कार्यविधिमा वडा र पालिकाको सिफारिस तथा अनुगमन गरेको खुल्न आवश्यक छ”, केन्द्रका प्रमुख ढकालले भने, “लालपूर्जा, खेतीको विवरण तथा सिफारिसलगायतका झन्झटिलो प्रक्रियाले किसान राहत लिन नआएको पाइएको छ, कार्यविधि बाहिर गएर राहत दिन हामीलाई समस्या छ ।”

 

वि.सं.२०७८ चैत १ मंगलवार १३:१३ मा प्रकाशित

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज रु...

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

चितवन । सात वर्षअघि फरार रहेका प्रतिवादी पक्राउ परेका छन्...