back
CTIZAN AD

पर्यटकलाई दुःख नदिन व्यवसायीको आग्रह

वि.सं.२०७८ चैत १ मंगलवार

750 

shares

मोरङ । नेपाल घुम्न आउने भारतीय पर्यटकका सवारी साधनलाई दुःख दिने कार्यको अविलम्ब अन्त्य गर्नुपर्ने सुझाव पर्यटन व्यसायीले दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सोमबार यहाँ आयोजित प्रदेश तहमा पर्यटन विकास तथा प्रवद्र्धन एवं सङ्घसँगको सहकार्यसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा पर्यटन व्यवसायीले प्रदेशमा तारे होटलको कोठासम्बन्धी प्रावधानमा संशोधन हुनुपर्ने तथा ट्राभल एजेन्सी दर्ताका लागि रु पाँच लाख धरौटीको व्यवस्था खारेज गर्न माग गरेका छन् ।

पर्यटक व्यवसायीले प्रदेशमा रात्रिकालीन व्यवसाय २४ सैँ घण्टा खुल्ला गरेमा रोजगारीका साथै राजस्व वृद्धि भई आर्थिक चलायमान हुने धारणा राखे. । उनीहरुले प्रदेशको राजधानी विराटनगरबाट लुक्लाका साथै अन्तरप्रदेशीय हवाई सेवा सञ्चालन गर्नुपर्ने, पर्यटन कार्यालयलाई प्रदेशका १४ जिल्लामा विस्तार गर्नुपर्नेमा जोड दिए ।

प्रदेश नं १ का संस्कृति तथा पर्यटनमन्त्री खिनु लङ्वा लिम्बूले प्रदेशका पर्यटकीय केन्द्रको विकासका लागि गुरुयोजना निर्माण गरिएको बताउँदै पर्यटनलाई रोजगारीसँग जोडी आर्थिक समृद्धि कायम गर्ने धारणा राखे । उनले पहाडी क्षेत्रका पर्यटकीय केन्द्रमा सहज आवागमनका लागि सडक विस्तार गरी निजी क्षेत्रको सहयोगमा सुविधा सम्पन्न होटल बनाएर स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्नुपर्ने विचार व्यक्त गरे ।

मन्त्रालयका सचिव ईश्वरकुमार गिरीले पर्यटन व्यवसाय एक अवसर भएको बताउँदै निजी क्षेत्र र सरकारबीच हातेमालो गरी यस क्षेत्रमा देखिएका समस्या समाधान गर्ने र आर्थिक विकासका लागि आगाडि बढनुपर्ने आवश्यकता औल्याए । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको चर्चा गर्दै पर्यटकीयस्थलको सौन्दर्यकरण गर्नुपर्नेमा जोड दिए । मन्त्रालयका उपसचिव प्रकाश आचार्यले कार्यपत्र प्रस्तुत गर्दै पर्यटन अर्थतन्त्रको एउटा खम्बा भएको र राष्ट्रिय अर्थतन्त्रमा १० प्रतिशत योगदान रहेको जानकारी दिे । मन्त्रालयका राजकुमार दुलाल, शम्भु साह, पर्यटन विभागका निर्देशक मोहनबहादुर जिसीले कार्यपत्र प्रस्तुत गर्दै मन्त्रालयले प्रदेशका सात स्थानमा पर्यटन पूर्वाधार विकास कार्यक्रम सुरु गरेको जानकारी दिएका छन् ।

पर्यटन व्यवसायी भविष श्रेष्ठ, पुण्य भट्टराई, उदयकुमार श्रेष्ठ, भुपाल चाम्लिङ, मन्जित देवानलगायतले प्रदेशमा साहसिक खेलको लागि योग्य भूमि रहेकाले पूर्वाधार विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सुझाव दिए । अन्तक्र्रियामा प्रदेशका १४ जिल्लाका होटल व्यवस्थायी, ट्राभल एजेन्सी, साहसिक खेल प्रवद्र्धक लगायतको सहभागिता रहेको थियो ।

 

वि.सं.२०७८ चैत १ मंगलवार १५:३० मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...