back
CTIZAN AD

बिहादी गाउँपालिकाको भवन उद्घाटन

वि.सं.२०७८ चैत १ मंगलवार

1K 

shares

फर्शुराम भुर्तेल, पर्वत । पर्वतको बिहादी गाउँपालिकाको नवनिर्मित भवनको मंगलबार उद्घाटन गरिएको छ । प्रमुख अतिथि रहेका राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सीनाले उक्त भवनको उद्घाटन गरेका हुन् ।

No description available.

२०७७ जेठदेखि निर्माण कार्य सुरु गरे २०७८ माघमा सम्पन्न भएको उक्त भवन ३ करोड १५ लाख ५५ हजार ८०० रुपैयाँ खर्चमा निर्माण सम्पन्न भएको विहादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले जानकारी दिएका छन् ।

No description available.
राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सीनाको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा संविधानसभा सदस्य गुणाखर बस्याल, पूर्वमन्त्री तथा गण्डकी प्रदेशका सांसद विकास लम्साल, प्रमुख जिल्ला अधिकारी देबी कुमारी पाण्डे खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

No description available.

त्यसैगरी मोदि गाउँपालिका अध्यक्ष प्रेम प्रसाद पौडेल, पैयु गाउँपालिका खगेन्द्र तिवारी, बिहादी गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुसाल माओवादी केन्द्र बिहादीका अध्यक्ष रिखि राम भुसाल, नेकपा एमालेका अध्यक्ष याम कुँवर, नेपाली काङ्ग्रेस सभापति बिस्नु प्रसाद भुसाल, लगायत सम्पूर्ण वडा कार्यालयका अध्यक्ष, कार्यपालिका सदस्यहरुको उपस्थितिमा भव्यरुपमा पालिकाको भवन उद्घाटन गरिएको हो ।

No description available.

कार्यक्रममा प्रमुख अतिथिद्धारा जग्गादाताहरुलाई प्रसंसापत्र वितरण गरिएको थियो ।

No description available.

No description available.

 

वि.सं.२०७८ चैत १ मंगलवार १५:१८ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...