back
CTIZAN AD

युद्धकै बीच तीन देशका प्रधानमन्त्री किन जान लागे कीभ ?

वि.सं.२०७८ चैत १ मंगलवार

693 

shares

काठमाडौं । रुस र युक्रेनबीच जारी युद्धको १९ औँ दिनमा चौथो चरणको वार्ता भएको थियो । दुई देशबीचको यो वार्ता युद्धको २० औं दिनमा पनि जारी रहनेछ ।

तर, सोमबार भएको वार्तामा दुई देशबीच मेलमिलापको कुनै बाटो भने निस्कन सकेको छैन । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्न र शान्ति स्थापना गर्ने प्रयासको एक भागको रूपमा इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटसँग कुरा गरेको बताएका छन्। यसै क्रममा रुसी विदेश मन्त्रालयको वक्तव्य युद्धको २० औं दिनमा आएको छ । रुसी विदेश मन्त्रालयले युक्रेनले प्रहार गरेको क्षेप्यास्त्रबाट आफ्ना २० जना सैनिकको मृत्यु भएको र २८ जना घाइते भएको बताएको छ ।

बताइएअनुसार मार्च १४ मा डोनेट्स्क क्षेत्रमा रहेको आवासीय परिसरमा तोचका(यू मिसाइलहरूद्वारा आक्रमण गरिएको थियो।

चेक गणतन्त्र, पोल्याण्ड र स्लोभेनियाका प्रधानमन्त्री कीभ जाने

चेक गणतन्त्र, पोल्याण्ड र स्लोभेनियाका प्रधानमन्त्रीहरूले युरोपेली संघका नेताहरूको प्रतिनिधिका रूपमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेट्न मंगलबार कीभ जाँदैछन् । समाचार एजेन्सी एएफपीले जनाएअनुसार पोल्याण्ड सरकारले युक्रेनको सार्वभौमसत्ता र स्वतन्त्रताको लागि सम्पूर्ण युरोपेली संघको स्पष्ट समर्थनलाई पुनस् पुष्टि गर्नु भ्रमण गर्न लागेका हुन् ।

Latest Ukraine updates: Kyiv TV tower hit in alleged attack |  Russia-Ukraine war News | Al Jazeera

रसियाको आक्रमण थप आक्रामक

युद्धको पछिल्ला दिन रुसले आक्रमणलाई थप आक्रामक बनाउन थालेको छ । रुसले कीभ केन्द्रीत आक्रमणलाई तिव्रता दिएको छ ।
मंगलबार राजधानी कीभमा कम्तीमा तीनवटा निकै शक्तिशाली विस्फोट भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार निकै शक्तिशाली प्रकृतिको विस्फोट भएको थियो ।

यसैबीच यूक्रेनको सबैभन्दा ठूलो दोस्रो सहर खरेसान रुसको पूर्णं कब्जामा आएको छ । सञ्चार माध्यमले जनाएअनुसार युद्धको २० औं दिन रुसले उक्त सहरलाई पूर्णं कब्जामा लिएको हो ।

रुसले उक्त सहरमाथि युद्धको तेस्रो दिन नै आक्रमण गरेको थियो । जहाँ उसलाई बेलारुसले साथ दिएको थियो ।

जेलेन्स्कीले अमेरिकी संसदलाई सम्बोधन गर्ने

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार अमेरिकी संसदलाई सम्बोधन गर्ने भएका छन् । रुससँग बहादुरीताका साथ लडिरहेको भन्दै अमेरिकी संसदले जेलेन्स्कीलाई सम्बोधनको निम्ता पठाएको हो । जेलेन्स्कीले यसअघि इयु र इयु आबद्ध देशका संसदलाई सम्बोधन गरेका थिए ।

वि.सं.२०७८ चैत १ मंगलवार १६:१३ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...