back
CTIZAN AD

धौलागिरि आरोहण गर्न १३ पर्यटक बेसक्याम्पतर्फ, पर्यटन व्यवसायीसमेत उत्साहित

वि.सं.२०७८ चैत १ मंगलवार

687 

shares

गलेश्वर । विगत दुई वर्षदेखि कोरोनाले थलिएको पर्यटन क्षेत्र पुनः पुरानैलयमा फर्कन सुरु गरेको छ । अन्य क्षेत्रमा झँैं पर्वतारोहणमा विस्तारै आरोहीको चहलपहल सुरु भएको छ । पछिल्लो समय अधिकांश आरोहीको रोजाइँमा म्याग्दीमा रहेको धौलागिरि हिमाल पर्न थालेको छ । कोरोनाको सङ्क्रमण दर कम भएको र हिमाल आरोहणको याम पनि सुरू भएसँगै म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरी हिमाल (८१६७ मि.) आरोहणका लागि १३ विदेशी आरोहीसहितको टोली वेस क्याम्पतर्फ प्रस्थान गरेको छ । इमेजिङ नेपाल नामक टे«किङ संस्थामार्फत विभिन्न देशबाट १३ जना हिमाल आरोहणका लागि म्याग्दीमा आएको पर्यटन व्यवसायी ईन्द्रसिंह शेरचनले जानकारी दिए ।

“सिजनकै सुरुमा यती आरोही आउनु राम्रो सङ्केत हो, कोरोनाको बिचमा पनि केही आरोही आउन थालेका थिए, अहिले हेलिकोेप्टरबाट समान ढुवानी भइरहेको छ” शेरचनले भने । पश्चिम म्याग्दीको ताकमबाट सामान ढुवानी गर्ने र आरोहीमध्ये अधिकांश पैदलमार्ग हुँदै बेसक्याम्पसम्म पुग्ने गरेका छन् । धौलागिरि हिमाल रघुगङ्गा गाउँपालिकाको सिमानासँग जोडिए पनि आरोही भने सिधा बाटो मानिएको मुदीलगायत आसपासका क्षेत्र हुँदै बेसक्याम्प पुग्ने गर्दछन् ।

छिमेकी जिल्ला मुस्ताङबाटसमेत हिमालमा पुग्न सकिने भए पनि आरोहणका लागि पश्चिम म्याग्दी हँुदै आधार शिविरमा जान सजिलो हुन्छ । सन् १९६० मे महिनाको १३ तारिकमा अस्टे«लियन नागरिक कुर्ड डिम्बकरणले पहिलो पटक धौलागिरिको आरोहण गरेका थिए । कोरोनाको पहिलो, दोस्रो लहरले थला परेको हिमाल आरोहणमा पुनः आरोहीको चहलपहलले पर्यटन व्यवसायीसमेत उत्साहित भएका छन् ।
आठ हजार मिटर अग्लो धौलागिरि र अन्नपूर्ण हिमाल कालीगण्डकी गल्छीको वारीपारी रहेकाले पनि आरोहण गर्न र अवलोकन गर्नका लागि पर्यटकको रोजाइँमा यो स्थल पर्छ । हिमाल आरोहणको राजस्वको हिस्सा भने मुस्किलले म्याग्दीमा आउछ । आरोहीले पर्यटन विभागमा आरोहण अनुमति लिँदा नै आरोहणबापतको रोयल्टी तिर्नुपर्ने हुन्छ ।

त्यस्तै उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङमा अवस्थित ८ हजार ९१ मिटरको संसारकै दशाँैं अग्लो अन्नपूर्ण हिमाल अवलोकनका लागिसमेत आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । त्यस्तै धवलागिरि गाउँपालिकामा रहेको गुर्जा र चुरेन हिमालका लागि पर्यटकले गर्ने खर्च बढी भए पनि जिल्लाले त्यसको फाइदा लिन सकेको छैन। धवलागिरि गाउँपालिका – १ मा अवस्थित ७ हजार १९३ मिटर अग्लो गुर्जा हिमाल आरोहणमा गएका पाँच कोरियाली आरोही र उनीहरुका चार नेपाली सहयोगी गरी नौजनाको मृत्यु भएपछि गुर्जामा आरोहीको चहलपहल हुनसकेको छैन् भने म्याग्दीमा रहेका अन्य साना हिमालमा खासै आरोही पुग्दैनन् ।

 

वि.सं.२०७८ चैत १ मंगलवार १६:०८ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...