back
CTIZAN AD

नभरेको चिट्ठामा लोभिएपछि शिक्षिकाले गुमाइन् जीवनभरको कमाई

वि.सं.२०७८ चैत २ बुधवार

678 

shares

काठमाडौं । चिट्ठाको प्रलोभनमा पर्दा एक शिक्षिकाले आफ्नो जीवनभरको कमाई गुमाएकी छन् ।

काठमाडौं महाराजगन्जकी ६५ वर्षीया अवकाशप्राप्त शिक्षिकाले चिट्ठाको प्रलोभनमा परि अपरिचित व्यक्तिको बैंक खातामा गत असोजमा २९ लाख ४० हजार रुपैयाँ पठाएकी थिइन् ।

महानगरीय अपराध महाशाखाले वृद्धा शिक्षिकालाई चिट्ठाको प्रलोभनमा पारी ठगी गरेको आरोपमा काभ्रेपलान्चोक मन्डन देउपुर ४ का ३८ वर्षीय गान्दीप गौतमलाई पक्राउ गरेको छ । महाशाखाका प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले पीडित महिलाको उजुरीमा गौतमलाई पक्राउ गरेको जानकारी दिएका छन् । पक्राउ परेका गौतमले उक्त रकम दुबईमा रहेका चुडामणि भट्टराई भन्ने व्यक्तिले आफुलाई उक्त रकम पठाएको दाबी गरेको बुधबारको गोरखापत्र दैनिकमा समाचार छ ।

ठगिएको रकममध्ये चुडामणि भट्टराईकी नेपालमा रहेकी श्रीमती गंगा बिसीको बैंक खातामा पाँच लाख पुगेको छ ।बिसीमाथि पक्राउ ुपर्जी जारी भएको र उनी फरार रहेको महाशाखाले जनाएको छ ।

पीडित शिक्षिकालाई विदेशी नागरिक डा. जोहान लोरेन्स बताउने अपरिचित व्यक्तिले ह्वाट्स एप मार्फत् ९० लाखको चिट्ठा र २ लाख पाउण्डको पार्सल, सुनका गहना पठाएको र त्यसबापत लाग्ने रकम पठाउन भन्दै ठगी गरेको खुलेको छ ।

यसअघि यस्ता कार्यमा भारतीय नागरिक लागेको पाइएकोमा हाल नेपाली युवा पनि यस्ता ठगी कार्यमा संलग्न रहेको प्रहरीले आशंका गरेको छ ।

वि.सं.२०७८ चैत २ बुधवार ०८:४१ मा प्रकाशित

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

काठमाडौँ । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालसँगको विस्तारित कर्जा...