back
CTIZAN AD

पर्यटक लिन गएको स्करपियो दुर्घटना हुँदा चालकको मृत्यु

वि.सं.२०७८ चैत ४ शुक्रवार

723 

shares

कास्की । जिल्लाको माछापुछ्रे गाउँपालिका–८ घलेलमा आज स्करपियो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा सोही गाउँपालिकाको अस्ताम निवासी ४६ वर्षीय बलबहादुर भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

माछापुछ्रे गाउँपालिका–९ स्थित मर्दी हिमाल इको भिलेजमा दिउँसो १२ स् ४५ बजे पर्यटक लिन गएको ग २ च ३९३१ नम्बरको गाडी घलेल–कालीमाटी सडक खण्डको तादी खोला पारी उकालोमा सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

दुर्घटना लगत्तै भिँडाबारी प्रहरी चौकीबाट गएका सुरक्षाकर्मी र स्थानीयवासीले चालकको उद्धार गरेका थिए ।
दुर्घटनामा परेको गाडी अस्तामस्थित अन्नपूर्ण इको भिलेजको रहेको बताइन्छ ।

मर्दी हिमालबाट फर्किएका पर्यटकलाई लिन गएको गाडी दुर्घटनामा परेपछि पर्यटकलाई अर्को गाडीको व्यवस्था गरी गन्तव्यमा पठाइएको मर्दी हिमाल इको भिलेजका प्रवन्ध निर्देशक शिवप्रसाद भण्डारीले जानकारी दिए । रासस

वि.सं.२०७८ चैत ४ शुक्रवार १९:५२ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले...

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ ।...

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुने 

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुने 

सुदूरपश्चिम । सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा...

राष्ट्रिय आमसञ्चार विधेयक तर्जुमा गर्न अवधारणापत्र सार्वजनिक

राष्ट्रिय आमसञ्चार विधेयक तर्जुमा गर्न अवधारणापत्र सार्वजनिक

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले आमसञ्चार क्षेत्रलाई समयानुकूल, एकीकृत...

राष्ट्रियसभामा कसले के भनाई राखे ?

राष्ट्रियसभामा कसले के भनाई राखे ?

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले स्वास्थ्य बिमा, जातीय विभेद्,...

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन अनुमति

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन अनुमति

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी...