back
CTIZAN AD

कविता : ए, कोही त अघि बढ !

वि.सं.२०७८ चैत ५ शनिवार

1.2K 

shares

कृष्ण बाउसे

फोहोर लेदोले भरिएको खानेपानीको ट्याङ्की
खाल्डाखुल्डीले हिड्नै नहुने भएको अलकत्रे बाटो
बालुवाचोरहरूको प्रतापले लच्किसकेको
खोलाको पक्की पुल

शहरभरि थापिएका घर नाउँका धरापहरू !
उद्घाटन, सम्मेलन र प्रशिक्षणको नाममा
भइरहेका खुल्ला वा गुप्त धन्दाहरू
गन्तव्यमै अलमलिएका पीडक बन्दहरू
र तिनलाई गति दिन भइरहेको जनधनको व्यापक क्षति
अनि यी सबै आयातित बेथितिको बुइ चढेर
स्वागतद्वारबाट छिर्दै
उसैको साथमा रहेको पकेटमार्ने व्यवसायिक कैचीले
राता रिबिनहरू काट्दै फुर्तीसाथ
सभाध्यक्षको आसनमा बस्न पुगेको
सेरोफेरोकै चर्चित भ्रष्टमूर्ति !

यो सबै हेर्नु परेकाले टुलुटुलु
आँखा लजाएका लजायै छन् ।
यस्तो वर्णन सुन्नु परेकोले शिर झुकाएर
कान लजाएका लजायै छन् ।
र यस्तो परिवेशको दुर्गन्ध सुङ्नु परेकोले विवश भएर
स्वासप्रस्वाससमेत यान्त्रिकतामै हराएका हरायै छन् ।

ए , कोही त अघि बढ !
समयसँगै आफ्ना पाइलाहरूलाई चलाउन !!
ए , कोही त अघि बढ !
यो मुर्दाहरूको देश होइन भनेर
माटोको लाज बचाउन !!

 

यसरी सारा परिवेश नै
मुख देखाउनै नसक्ने गरी लज्जित छ ।
तर,
किञ्चित् लजाएका छैनन्
आत्मरतिका टुकुचाहरू ।
तर
किञ्चित् लजाएका छैनन्
सत्तोसरापका खहरेहरू ।
तर
किञ्चित् लजाएका छैनन्
सेरोफेरोको फोहर समेटेर
भलाद्मी भैटोपलेका विषाक्त पोखरीहरू ।

यसरी आज
यहाँ \ यस धर्तीबाट
झन् झन् टाढा भागिरहेछन्
जनजनका मनमनमा हुनुपर्ने
शान्तिका ढुकढुकीहरू ।

यसरी आज
यहाँ\ यस धर्तीमा
झन् झन् मुर्झाइरहेछन्
जनजनका मनमनमा हुनुपर्ने
आत्मसम्मानका हुटहुटीहरू ।

ए , कोही त अघि बढ !
समयसँगै आफ्ना पाइलाहरूलाई चलाउन !!
ए , कोही त अघि बढ !
यो मुर्दाहरूको देश होइन भनेर
माटोको लाज बचाउन !!

 

वि.सं.२०७८ चैत ५ शनिवार ०७:३० मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...