back
CTIZAN AD

विद्यालयलाई रु पाँच लाख भन्दा बढी रकम सहयोग

वि.सं.२०७८ चैत ६ आइतवार

576 

shares

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ कलेजाबाङस्थित हिमालय आधारभूत विद्यालयलाई रु पाँच लाखभन्दा बढी सहयोग प्राप्त भएको छ । वडा नं २ स्थित राखु भगवती र वडा नं ३ स्थित राखु पिप्ले घर भई बेलायतमा बसोबास गर्ने राखुवासीको साझा संस्था राखु समाजद्वारा विद्यालयको भौतिक पूर्वाधार निर्माणमा रु पाँच लाख सात हजार ७३० सहयोग प्राप्त भएको हो ।

विद्यालयमा आयोजित कार्यक्रममा उक्त समाजका २६ जनाले सङ्कलन गरेको सो सहयोग रकम सदस्य अर्जुन मल्लले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम कटुवाललाई हस्तान्तरण गरेका थिए ।कलेजाबाङमा रहेको विद्यालयलाई कमजोर भूबनोटका कारण गाउँकै पातिहाल्नामा स्थानान्तरण गरी पुनःनिर्माण गरिएको छ । सदस्य मल्लले प्रवासमा रहेर पनि गाउँको विकास र सामाजिक कार्यमा निरन्तर सहकार्य र सहयोग गर्दैै आइरहेकामा विद्यालयको पूर्वाधार निर्माणमा सघाउने उद्देश्यले सो सहयोग गरिएका बताए ।

हाल उक्त विद्यालयमा ७० विद्यार्थी अध्ययनरत छन् । पुनः निर्माण भइरहेको विद्यालय भवन निर्माणमा प्राप्त सहयोगलाई पारदर्शी तवरले उपयोग गरिने जानकारी दिंदै अध्यक्ष कटुवालले प्रवासमा रहेरसमेत गाउँको शैक्षिक विकासमा सघाएकामा उक्त समाज र सहयोगदातालाई धन्यवाद दिए । कार्यक्रममा सहयोगदाता मल्ललाई सम्मान गरिएको थियो ।

 

वि.सं.२०७८ चैत ६ आइतवार १३:०२ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...