back
CTIZAN AD

यूक्रेनमाथि एकसाथ आक्रमणको तयारीमा रुस, १८ शहर परे निशानामा

वि.सं.२०७८ चैत ६ आइतवार

597 

shares

काठमाडौं । रुस र युक्रेनबीचको युद्धको आज २५ औं दिन हो । दुई देशबीच अहिलेसम्म कुनै सहमति हुन सकेको छैन ।

यसैबीच, एक प्रतिवेदनअनुसार रुसले फेब्रुअरी २४ मा सर्वत्र युद्ध सुरु गरेपछि युक्रेनमा ६४ बालबालिकासहित कम्तीमा ८४७ नागरिकको मृत्यु भएको छ। संयुक्त राष्ट्र मानव अधिकार कार्यालयका अनुसार, फेब्रुअरी २४ यता युक्रेनमा २ हजार २४६ नागरिक मारिएका छन । जसमध्ये ९४७ मारिएका छन् र १ हजार ३९९ घाइते भएका छन्।

संयुक्त राष्ट्रसंघीय निकायको विश्वास छ कि वास्तविक तथ्याङ्क योभन्दा निकै धेरै बढी छ।

रुसले घटायो हवाई आक्रमण

रुस–युक्रेन युद्धको २५ औं दिनमा युक्रेनी वायुसेनाले आफ्नो आकाशमा रुसी विमानको आवतजावत कम भएको दाबी गरेको छ । यूक्रेनले एकपछि अर्को गर्दै रुसी वायुसेनाको हेलिकप्टरहरू खसालेसँगै हवाई आक्रमणमा कमि आएको हो ।

तथापी, रुसले युक्रेनका १८ भन्दा बढी सहरमा एकैसाथ हवाई आक्रमणको तयारी थालेको छ । रुसको तयारी पछि ती सबै सहरमा आइतबार साइरन निरन्तर बजिरहेको छ। जानकारीका अनुसार सुमी, टेर्नोपिल, पोल्टाभा, खार्किभ, जापोरिझिया, किभ, ल्भिभ जस्ता शहरहरूमा आक्रमण हुन सक्ने सम्भावना छ ।

रुस–युक्रेन युद्धको बीचमा मारिउपोल काउन्सिलले एउटा चकित पार्ने खुलासा गरेको छ । यसअनुसार रुसी सेनाले मारियुपोलका जनतालाई जबरजस्ती रुस पठाईरहेको छ ।

उनीहरुलाई त्यहाँका दुर्गम सहरमा बनाएका शिविरमा राखिएको छ । जहाँ उनीहरुका कागजपत्रसहित अन्य प्रकारको अनुसन्धान भइरहेको छ । रसियाले मारियुपोललाई पनि निशाना बनाएको छ ।

वि.सं.२०७८ चैत ६ आइतवार १२:५८ मा प्रकाशित

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

काठमाडौँ । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालसँगको विस्तारित कर्जा...