काठमाडौं । यूक्रेनमाथि आक्रमण गरेसँगै अमेरिकी प्रभावका सञ्चार माध्यमले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन गम्भीर रोगसँग जुधिरहेको समाचार छापे । कतिपयले राष्ट्रपति पुटिन मानसिक समस्याले जुधिरहेको बताए त कटिपयले क्यान्सर रोगको अन्तिम स्टेजमा भएको बताए ।
तर, पुटिनका अति निकट मानिने बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले अफबा शतप्रतिशत झुटो भएको बताएका छन् । उनले पुटिनको स्वास्थ्य अवस्था निकै राम्रो रहेको स्पष्ट पारे ।
पुटिनबारे चलेको चर्चाबारे सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै उनले भने, “हामीबीच निकै घनिष्ट सम्बन्ध छ, भेटमा सबैजसो कुराकानी हुन्छ, पश्चिमी मिडियाको काल्पनिकता तपाईंको दिमागबाट फ्याँकिनुपर्छ किनभने पुटिन पूर्णतया फिट छन्, उहाँ पहिलेभन्दा राम्रो हुनुहुन्छ र उहाँ पूर्ण रूपमा समझदार हुनुहुन्छ।”
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पुटिन तर्कहीन भएको र डच प्रधानमन्त्री मार्क रुटले उनलाई पूर्णतया पागल भनेका थिए । रुसको विरुद्व यूक्रेनलाई प्रयोग गरिएको भन्दै उनले पश्चिमी नेताहरुको विरोध गरेका छन् ।
लुकासेन्कोले सोभियत संघको पतन दुःखद घटना भएको बताए । सोभियत संघ आजसम्म बाँचेको भए संसारमा हुने सबै प्रकारका द्वन्द्वबाट बच्न सकिने बताए ।
“जब सोभियत संघ अस्तित्वमा थियो, संसार बहुध्रुवीय थियो र एक ध्रुवले अर्को ध्रुवलाई सन्तुलित गर्यो। विश्वमा अहिले जे भइरहेको छ त्यसको कारण एकध्रुवता हो”, उनले भने । एजेन्सीबाट
वि.सं.२०७८ चैत ६ आइतवार १३:२० मा प्रकाशित






























