back
CTIZAN AD

थप ३८२ जना कोरोना संक्रमणबाट मुक्त, ३७ जनामा संक्रमण

वि.सं.२०७८ चैत ६ आइतवार

747 

shares

काठमाडौं । नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या निरन्तर घट्दै आइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४,०६१ नमुना परीक्षण गरिएकामा ३७ जना संक्रमित थपिएका हुन् ।

आज थपिएका ३७ जनासँगै नेपालमा हालसम्म ९ लाख ७८ हजार १६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै आज निको भएका ३८२ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ६२ हजार ९६४ पुगेका छन् ।

त्यस्तै केही दिनयता नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा हालसम्म ११ हजार ९५० जनाको मृत्यु भएको छ ।

नेपालमा हाल ३,२४१ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ३,१८३ जना होम आइसोलेशनमा रहेका छन् भने ५८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । साथै आइसीयुमा २७ र भेन्टिलेटरमा ५ जनाको उपचार भइरहेको छ ।
नेपालमा थप २२ हजार ६०७ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ ।

२५ हजार परीक्षणमा २४९ मा संक्रमण पुष्टि
यो साता गरिएको कूल २५ हजार ६०८ पिसीआर परीक्षण गरिएकोमा २४९ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार संक्रमण दर १ प्रतिशत मात्र हो । गत साताको तुलनामा ०.३ प्रतिशतले कमी हो ।

आज ४,५४३ नमुना परीक्षणमा १७ जनामा कोरोना संक्रमण

वि.सं.२०७८ चैत ६ आइतवार १६:५२ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...