back
CTIZAN AD

मोरङको लेटाङमा अनिश्चितकालीन कफ्र्यु

वि.सं.२०७८ चैत ७ सोमवार

861 

shares

मोरङ । मोरङको लेटाङ नगरपालिकामा अनिश्चितकालिन कफ्र्यु लगाइएको छ ।

फाुगन ४ गते होली खेल्ने क्रममा शिक्षकबाट छात्रामाथि दुव्र्यवहार गरिएपछि बढेको विवादमा झडप हुँदा एक महिला प्रहरीको ज्यान समेत गएपछि स्थिति नियन्त्रणमा लिन त्यहाँ अनिश्चितकालिन कफ्र्यु लगाइएको हो ।

लेटाङ ५ को खेरुवामा रहेको शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत छात्रालाई दुव्र्यवहार गरेको घटना सार्वजनिक भएसँगै त्यहाँ तनाव बढेको थियो ।

विद्यार्थीहरुले शिक्षकलाई बन्धक समेत बनाएर राखेको अवस्थामा सहमतिको बातावरण बनाउने प्रयास भइरहेका बेला बिद्यार्थी, अभिभावक तथा स्थानीयको भिडले वातावरण असहज बनेपछि सोमबार बिहान ७ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि कफ्र्यु लगाइएको जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जनाएका छन् ।

स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि प्रहरी बोलाइएको थियो । प्रहरी र विद्यार्थीबीच भएको झडपमा आक्रोशित विद्यार्थीहरुले आक्रमण गर्ने क्रममा एक महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएका प्रहरीले जनाएको छ ।

स्थानीयले विद्यालयमा आगजनी समेत गरेपछि प्रहरीले हवाई फायर समेत गरेको थियो । उक्त झडपमा प्रहरी उपरीक्षकसहित १० भन्दा बढी प्रहरी र स्थानीय घाईते भएको बताइएको छ ।

letang5

वि.सं.२०७८ चैत ७ सोमवार ०८:५० मा प्रकाशित

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...