गुल्मी । चन्द्रकोट गाउँपालिका ६ गुल्मीस्थित झरना युवा क्लबको आयोजनामा अन्तर जिल्लास्तरिय भलिबल रनिङ्ग कप प्रतियोगिता तथा बिबिध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
‘युवाशक्ति नै समाज र राष्ट्रको मेरुदण्ड हो’ भन्ने मूल नाराका साथ क्लबले आफ्नै भावना प्रांगणमा आयोजना गरेको स्वर्गिय भला सुवेदार त्रिलोक सिंह काउचा (ओ.बी.आई. एस.बी) भलिबल कप अन्तर जिल्लास्तरीय भलिबल प्रतयोगिता तथा बिबिध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न गरिएको हो ।

चैत १ गते शुरु भई ५ दिनसम्म सन्चालन भएको कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
जिल्ला भलिबल संघ गुल्मी, रुपन्देही, तनँहु, पाल्पा, बाग्लुङ र पर्वत सहित ६ जिल्लाका भलिबल संघको सहभागिता रहेको थियो । भलिबल प्रतियोगिताको उपाधी जिल्ला भलिबल संघ, रुपन्देहीले हात पार्न सफल भएको छ ।

उक्त प्रतियोगितामा रुपन्देहीले नगद १ लाख ५ हजार रुपैँया सहित कप, मेडल र प्रमाणपत्र पुरस्कार हात पारेको छ । जिल्ला भलिबल संघ गुल्मीले दोस्रो स्थान बनाउँदै ५५ हजार, कप, मेडल र प्रमाणपत्र पुरस्कार हात पारेको थियो ।
झरना युवा क्लबका अध्यक्ष कुमार बहादुर सार्कीको सभापतित्व, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्ष तथा लुम्बीनी प्रदेशका पूर्व समाजिक विकासमन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यता तथा चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीको बिशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै अन्य अतिथीहरुमा स्थानिय जनप्रतिनिधीहरु, जिल्ला समान्वय समिती सदस्य चेतन बस्नेत, बिभिन्न पार्टीका प्रतिनिधीहरु, बिभिन्न संघ्सँस्थाका प्रतिनिधिहरु लगायत रहेका थिए ।
राष्ट्रियस्तरका कलाकार खेम सेन्चुरी, प्रसाद खप्तडी र निशा गुरुङ सहित थुप्रै स्थानिय कलाकारको बेजोड प्रस्तुती रहेको साँस्कृतिक कार्यक्रममा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए ।

आर्थिक सहयोग गर्नेहरुलाई सम्मान
कार्यक्रममा बिशेष आर्थिक सहयोग पुर्याउने स्व. सुबेदार त्रिलोक सिंह थापा काउचाका सन्ततीहरु सहित अन्य धेरै सहयोगदाताहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रम सम्पन्न गर्न काउचा परिवारले २ लाख ३० हजार रुपैँया सहयोग गरेका थिए भने स्व. सुबेदार त्रिलोक सिंह थापा काउचाका छोराहरु जेठा टोप बहादुर काउचाले ५ हजार, माईला थमान सिह काउचाले २५ हजार, साईला ठाकुर सिंह काउचाले १० हजारm, काँईला चन्द्र बहादुर काउचाले ३० हजार, राँईला ओम प्रकाश काउचाले १० हजार, ठाईला ओम प्रसाद काउचाले ६० हजार र कान्छा खिम बहादुर काउचाले १० हजार रुपैँया सहयोग गरेका थिए ।
त्यस्रै छोरीहरु कृष्णकला थापा काउचा १० हजार, र मायादेबी राना काउचाले ५ हजार, नातिनतीनाहरू मन्जु काउचा तथा ज्वाई कार्लेस(स्पेन) ले १० हजार, अन्जु काउचा ५ हजार, मिलन काउचा (युके) ५ हजार, ओशिन काउचा (युके)ले ५ हजार, मनोज काउचा ५ हजार, सन्जु काउचा राना तथा कमल रानाले ५ हजार, लक्ष्मी थापा राना तथा बिन रानाले ५ हजार, सुसिल काउचाले ५ हजार, कमला तथा रिम थापाले (अमेरिका)ले ५ हजार रुपैँया सहयोग गरेका थिए ।
त्यस्तै बुवा स्व. जुद्ध बहादुर काउचाको स्मृतीमा पनाती तथा चन्द्रकोट ८ मजुवास्थित झापक होटेलका संचालक रमेश काउचाले १० हजार तथा अर्का पनाती झापक घर भई हाल बुटवलमा बस्ने असन काउचाले पनि ५ हजार रुपैँया सहयोग गरेका थिए ।
कार्यक्रमका प्रमुख संयोजक पुर्व कलवका अध्यक्ष हाल सल्लाहकार होम गलामी साथै पुर्वअध्यक्ष हेम लाल श्रीस सहयोजक र सदस्य डमर दगामी को संयोजन मुंख्य भूमिका भएको थियो ।
यस्तै बेलायतबाट क्लवका संस्थापक तथा गुल्मी जिल्ला समाज युके संस्थापक अध्यक्ष हाल सल्लाहकार ग्रेटर रशमोर नेपाली कम्यूनिटी का पूर्व अध्यक्ष हाल प्रथम नौमती बाजा गुल्मी युकेका प्रमुख संयोजक ओम थापा काउचाले उक्त कलवको सल्लाहकारको रूपमा कलवलाई बिषेस सुझाव दिएका थिए ।
वि.सं.२०७८ चैत ७ सोमवार १२:४३ मा प्रकाशित






























