back
CTIZAN AD

रुस–यूक्रेन युद्ध : सैन्य क्याम्प केन्द्रीत गर्दै रुसले थाल्यो मिसाइल आक्रमण

वि.सं.२०७८ चैत ७ सोमवार

747 

shares

काठमाडौं । रुस–युक्रेन युद्धको आज २६ औं दिन हो । दुई देशबीच यूक्रेनमा भीषण युद्ध जारी छ । युद्ध रोक्न वार्ताहरु भए पनि सहमति हुने सम्भावना न्यून देखिन्छ ।

यूक्रेनले आत्मसमर्पण नगर्ने स्पष्ट संकेत दिएको छ । युक्रेनी सेनाले मारिउपोलमा भएको भीषण युद्धमा पनि हतियार राख्न अस्वीकार गरेको छ । यूक्रेनले रुसी सेनालाई फिर्ता पठाउन सक्दो प्रयास गरेको छ ।

यसैबीच, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पुटिनसँग वार्ताका लागि आफू तयार रहेको बताउँदै वार्ता असफल भए तेस्रो विश्वयुद्ध हुने बताएका छन् ।

सैन्य क्याम्प केन्द्रीत आक्रमण

युद्धको २६ औं दिनमा, रूसी पक्षले युक्रेनको रिभ्ने सैन्य प्रशिक्षण मैदानमा मिसाइल आक्रमण सुरु ग¥यो । गभर्नर भिटाली कोवलले यहाँ दुईवटा मिसाइल आक्रमण भएको बताए । यस हमलामा भएको हताहतीको बारेमा अहिलेसम्म कुनै जानकारी आएको छैन ।

उत्तरी कीभमा रुस र युक्रेनबीच भीषण भिडन्त

सोमबार युक्रेनको रक्षा मन्त्रालयले उत्तरी कीभमा रुसी र युक्रेनी सेनाबीच भीषण युद्ध भइरहेको जनाएको छ । सहरको उत्तरपूर्वमा रुसी सेनालाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ ।

युक्रेनले आफैं रेलवे पुल उडाएको छ

रुस–युक्रेन युद्धको बीचमा ठूलो खबर बाहिर आएको छ । जानकारीका अनुसार युक्रेनी सेनाले आजोभ सागरमा बनेको आफ्नै रेलवे पुललाई उडाएको छ ।

नेटो देशहरूले युक्रेनमा सैन्य तैनाथ गर्न सक्छन्

मार्च २५ मा पोल्याण्डको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा सैन्य तैनाथीको विषयमा छलफल गर्ने सम्भावना छ । वास्तवमा, यो संयुक्त राष्ट्र संघमा अमेरिकाले संकेत गरेको छ। अमेरिकी राजदूत लिन्डा थोमसले संयुक्त राष्ट्र संघलाई भनेकी छिन् कि अमेरिकाले युक्रेनमा आफ्नो सेना पठाउने छैन, तर यसले अन्य कुनै नेटो देशले त्यसो गर्न सक्ने कुरालाई अस्वीकार गर्दैन। एजेन्सीको सहयोगमा

वि.सं.२०७८ चैत ७ सोमवार १३:५४ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...