back
CTIZAN AD

सांसद ह्यारी भण्डारीको प्रयासः अमेरिकाको मेरिल्याण्डमा दशैं पर्वलाई ‘दशैँ डे’ का मान्यता !

वि.सं.२०७८ चैत ७ सोमवार

903 

shares

अमेरिका । मेरिल्याण्ड राज्यका विधानसभा सदस्य डा. ह्यारी भण्डारीले मेरिल्याण्ड राज्यमा नेपाली पर्व ‘दशै डे’ को मान्यता दिलाउन लागिपरेका छन् ।

मेरिल्याण्ड राज्यको निर्वाचन क्षेत्र नम्बर–८ बाट डेमोक्रेटिक पार्टीका तर्फबाट सांसदमा निर्वाचित भएका नेपाली मुलका ह्यारी भण्डारीले मेरिल्याण्ड राज्यमा नेपालीहरुको महानपर्व विजया दशमीलाई ‘दशै डे’ रुपमा मनाउन पाउने गरी सांस्कृतिक मान्यता दिलाउन लागिपरेका छन् ।

सांसद डा. भण्डारीका अनुसार मेरिल्याण्ड राज्यमा दशैलाई एक सांस्कृतिक पर्वका रूपमा मान्यता दिलाउन गरिएको विधायिकी प्रयास निर्णायक मोडमा पुगेको र यो पास भएमा अक्टोबर ५ मा मेरिल्याण्ड राज्यले आधिकारिक रूपमा ‘दशै डे’ मनाउने पनि उनले जानकारी दिएका छन् ।

‘अमेरिकाको मेरिल्याण्ड राज्यमा दशैलाई एक सांस्कृतिक चाडका रूपमा मान्यता दिलाउन गरिएको विधायिकी प्रयास निर्णायक मोडमा आइपुग्न लागेको सुनाउँन पाउँदा खुशी लागेको छ,’ डा. भण्डारीद्धारा मार्च १६ मा जारी बिज्ञप्तिमा भनिएको छ, ‘बुधबार साँझ (मार्च १०) मेरिल्याण्ड राज्यसभाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्सको स्वास्थ्य तथा सरकार सञ्चालन समितिमा विधेयक बहुमतले पारित भएर संसदको पूर्ण बैठकमा पठाउने निर्णय भएको छ । विधेयक दुबै दलका सांसदको भारी मत पाएर बाइपार्टिसन विधेयकका रूपमा पारित भएको हो । समितिमा आउनुअघि विधेयक सरकार सञ्चालन उपसमितिमा सर्वसम्मतिले पारित भएको थियो ।’

डा. भण्डारीले यो विधेयक कानून बन्न अझै केही खुड्किलाहरू बाँकि रहेको बताउँदै विधेयक संसदको पूर्ण बैठकमा जाने र त्यहाँ पारित भएमा पुनः एक तहमाथि जाने बताएका छन् ।

‘माथिल्लो सदन सिनेटमा क्रस फाइल भएको विधेयक त्यहाँ छलफल भएर पूर्ण बैठकको प्रक्रियामा छ । अब दुबै सदनको पूर्ण बैठकले पारित गरेपछि विधेयक गभर्नरकोमा जान्छ । र, गभर्नरले हस्ताक्षर गरेपछि विधेयक कानून बन्छ । कथमकदाचित गर्भनरले हस्ताक्षर नगरे पनि संसदको दुबै सदनमा भिटो प्रुभ्ड बहुमत रहेकाले यो विधेयक कानून बन्छ । अझ, गभर्नरले भिटो प्रहार गरे पनि अर्को संसद सत्रमा भिटो ओभराइड गर्ने संख्या डेमोक्रेटिक पार्टीसँग हुन्छ ।’ सांसद डा. भण्डारीले भनेका छन् ।

यो विधेयक कानुन बनेमा मेरिल्याण्ड राज्यमा दशै नेपालमा उत्पति भएको एक सांस्कृतिक चाडका रूपमा मान्य हुने र, हरेक वर्ष अक्टोबर ५ मा मेरिल्याण्ड राज्यले आधिकारिक रूपमा ‘दशै डे’ मनाउने डा. भण्डारी बताउँछन् । डा. भण्डारीले उक्त उपलव्धी नेपाल र नेपालीले अमेरिकामा सामुहिक रूपमा हासिल गरेको अहिलेसम्मकै मानक उपलव्धी हुने बताएका छन् । उनले यसले अमेरिकाका नेपाली समुदायलाई ठूलो पहिचान मिल्ने र जसको प्रत्यक्ष लाभ मातृभूमिलाई प्राप्त हुने समेत बताएका छन् ।

‘मैले यो विधेयकलाई आजको विन्दुसम्म ल्याइपुर्याउन मेरो पहिलो कार्यकालको चार वर्ष नै ठूलो विधायिकी कसरत गरेको छु । एकपटक मात्र हैन, पटक–पटक प्रायस गरेको छु । आप्रवासी त्यो पनि अत्यन्तै अल्पमतमा रेहको नेपालीको चाड दशैलाई सांस्कृतिक चाडका रूपमा प्रस्तुत गर्नु र त्यसलाई डेमोक्रेटिक र रिपब्लिकन दुबै पार्टीको समर्थनमा बाइपार्टिसन बिधेयक बनाएर यो रूपमा ल्याउनु सामान्य उपलव्धी हैन ।’ सांसद डा. भण्डारीले भनेका छन् ।

डा. भण्डारीले आफु यसका लागि अझै संघर्षरत भएको बताउँदै निर्णायक खुड्किला पार गरे पनि अझै केही महत्वपूर्ण खुड्किला बाँकि रहेको बताएका छन् ।

‘मलाई आशा एवं विश्वास छ, हामी यसै सप्ताहान्तमा ती खुड्किला पार गरेर हामी शिखरमा हुनेछौं। हामी त्यो सुखद क्षणको प्रतीक्षा गरौं ।’ उनले भनेका छन् ।

वि.सं.२०७८ चैत ७ सोमवार १३:४६ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...