back
CTIZAN AD

आफ्नै प्रस्तावले विप्लव संकटमा, विपक्षमा उभिए नेताहरु

वि.सं.२०७८ चैत ८ मंगलवार

807 

shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक कपिलवस्तुको शिवगढीमा जारी छ । बैठकमा पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि नेताहरुले मत राखिरहेका छन् ।

शुक्रबारदेखि शुरु भएको बैठकमा सोमबारसम्म ३६ केन्द्रीय सदस्यहरुले प्रतिवेदनमाथि धारणा राखेका थिए । महासचिव विप्लवले स्थानीय तहको चुनावलाई उपयोग गरेर जानुपर्ने मत आफ्नो प्रतिवेदनमा समेटेका छन् । जसबारे केन्द्रीय नेताहरुले आ–आफ्नो धारणा राखिरहेका छन् ।

विप्लवको प्रस्तावको विपक्षमा उभिए बहुमत नेता

सोमबारसम्म विप्लवले अघि सारेको राजनीतिक प्रतिवेदनमाथि ३६ केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् । जसमध्ये २२ नेताले चुनावमा सहभागी हुनुपर्ने विप्लवको प्रस्ताव क्रान्ति विरोधी भएको भन्दै विपक्षमा मत जाहेर गरेका छन् ।

राजनीतिक प्रतिवेदनमाथि सचिवालय सदस्यद्वय हेमन्द्र प्रकाश ओली ‘सुर्दशन’ र धर्मेन्द बास्तोला ‘कञ्चन’ सहित केन्द्रिय सदस्यहरु उदय चलाउने ‘दिपक’, चुणामणी ओली, सावित्रा दुरा, गुणराज लोहनी, बसन्त श्रेष्ठ, नविन विश्वकर्मा, कृष्ण वाग्ले, मोहलाल चन्द, सन्देश पौडल, दिपेश राई, बन्धु चन्द, बाला थापा, धुब्र घिमिरे, शीतलले तत्काल निर्वाचनमा जाने कुरा क्रान्तिविरोधी भएको बताएका छन् । निर्वाचनमा जाँदा आन्दोलन नै अलपत्र पर्ने धारणा नेताहरुको छ ।

केही नेताहरु भने चुनावलाई उपयोग गरेर जानुपर्ने कुरा सही भएको बताएका छन् । पार्टी प्रवक्तासमेत रहेका नेता खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढा मगरसहित केन्द्रीय नेताहरु अनिल शर्मा ‘बिरही’, भरत बम ‘रणविर’, उमा भुजेल ‘शिलु’, ओमप्रकाश पुन, माइला लामा, चिरन पुनलगायतका नेताहरुले चुनावलाई उपयोग गरेर जान सकिने धारणा राखेका छन् ।

६५ सदस्यीय केन्द्रीय समितिमा २९ नेताहरुले बोल्ने क्रम बाँकी नै छन् । सबै नेताहरुले धारणा राखेपछि आगामी कार्यदिशाबारे नेकपाले निर्णय लिनेछ । तथापी, हालसम्म बोल्ने धेरै नेताहरुको धारणाअनुसार विप्लवको प्रस्ताव पारित हुन मुश्किल देखिन्छ ।

वि.सं.२०७८ चैत ८ मंगलवार १४:१७ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...