back
CTIZAN AD

एनएमबिको सहुलियतपूर्ण कर्जाबाट उखु किसानहरु लाभान्वित

वि.सं.२०७८ चैत ८ मंगलवार

846 

shares

काठमाडौं । एनएमबि बैंकले प्रदेश नं. २ का उखु किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमीकतामा राख्दै प्रदेश नं.२ मा हालसम्म १५६ जना उखु किसानहरुलाई कलैया र गोलबजार शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराईसकेको छ ।

बैंकले उखु किसानहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उदेश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससंग सम्झौता गरेको थियो । सम्झौता अनुसार उक्त चिनी उद्योगलाई आवश्यक उखुको माग पूरा गर्न आवश्यक पर्ने उखु खेती गर्न प्रोत्साहान गर्दै किसानहरुलाईसहुलियतपूर्ण कर्जा प्रवाह गरेको बैंकले जनाएको छ । । साथै सुगर मिल्ससंग सहकार्य गरी किसानहरुको उखु खेतीलाई आवश्यक अन्य बिभिन्न प्राविधिक सहयोगहरु पनि गर्दै आएको छ ।

कर्जा प्रवाह भएपश्चात हालसालै बैंकले गरेको स्थलगत निरिक्षणमा अधिकांश किसानहरुको जिवनस्तर परिवर्तन भएको र किसानहरुले उखु बिक्रिबाट लाभान्वित भई बैंकको कर्जा समेत तोकिएको समयभित्रै भुक्तानी गरिरहेको बैंकले जनाएको छ । चिनी उद्योगहरुमा उखुको माग हुंदा हुदै पनि कर्जा नपाउँदा उखु खेती गरी उत्पादन बढाउन नसकेका किसानहरुले, बैंकले सहुलियपूर्ण कर्जा उपलब्ध गराएपछि आफुलाई प्राथमिकतामा राखी सहुलियतपूर्ण कर्जा बैंकले प्रवाह गरेको महशुस गरेका छन् ।

एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटीएमहरू, १० एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

वि.सं.२०७८ चैत ८ मंगलवार १३:५६ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...