
९ चैत, काठमाडौँ । आइएमई ग्रुपद्वारा प्रवद्र्धित नेपालको सबैभन्दा विश्वासिलो र बृहत् एजेन्ट सञ्जाल भएको आइएमई र विगत दुई दशकदेखि विद्यार्थीहरुको सिकाईलाई र्ई‐लर्निङ मार्फत सहज बनाउने कार्य गर्दै आएको मिदास एजुकेशन प्रा. लि सँगको सहकार्यमा र्ई‐लर्निङ प्रवद्र्धन अभियान सुरु गरेको छ । सोही अभियान २२ मार्च २०२२ देखि १४ मे २०२२ (८ चैत्र २०७८ देखि ३१ बैशाख २०७९) सम्म जम्मा ५४ दिनको लागि लागु गरिएको छ ।
यस अभियानमा, नेपालमा सफलतापूर्वक विदेशबाट आइएमई मार्फत रकम पठाउँदा भुक्तानी गरिसके पछि आइएमईका अन्तर्राष्ट्रिय साझेदारहरूबाट डाउनलोड लिङ्कसहितको एसएमएस र लाभार्थीलाई प्रोमो कोड पठाइनेछ । लाभार्थीले त्यसपछि आफ्नो मोबाइलमा प्राप्त लिङ्क मा क्लिक गरेर मिदास ई‐क्लास सरलीकरण शिक्षा एप डाउनलोड गर्न सक्नेछन । एप डाउनलोड गरिसकेपछि, प्रापकले निःशुल्क ई–लर्निङ प्राप्त गर्न प्रोमो कोड प्रयोग गर्न सक्छन् र सोही कोड प्रयोग गरेर कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले मात्र निशुल्क पढ्न पाउनेछन् ।
सरकारी तथा निजी विद्यालयमा पढ्ने सबै बालबालिकाले शिक्षक/शिक्षिका र अभिभावकको रेखदेखमा मात्रै पढाइलाई अगाडि बढाइरहेका हुन्छन् । तर ई‐क्लासले पाठ अनुसारका गेम, भिडियो, चित्र र चित्र अनुसारको आवाज, एनिमेनसन र इलुस्ट्रेसनले बालबालिकाको ध्यान पढ्नमा आकर्षित गर्छ । अडियो र भिडियो माध्यम पाठ्य सामग्रीमा प्रयोग गर्दा विद्यार्थीलाई रमाइलो पनि हुन्छ । मिदास ई‐क्लासमा बालबालिका सिक्नका लागि थप उत्सुक हुनुका साथै स्वअध्ययन गर्ने बानीको पनि विकास हुदै जान्छ भन्ने विश्वासका साथ सोही अभियान सुरु गरिएको हो ।
वि.सं.२०७८ चैत ९ बुधवार १३:४० मा प्रकाशित