back
CTIZAN AD

ओलीको राजनीतिक प्रतिवेदन : एमालेलाई ‘धुलोपिठो’ पार्ने दाउमा छ गठबन्धन (पूर्णंपाठसहित)

वि.सं.२०७८ चैत ९ बुधवार

1K 

shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ४ दलीय सत्तारुढ गठबन्धन एमालेलाई सिध्याउन केन्द्रीत भएको आरोप लगाएको छ । बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उनले यस्तो आरोप लगाएका हुन् ।

मुलुकलाई द्धन्द्ध र ध्रुवीकरणतिर धकेल्ने र प्रतिपक्षीलाई समाप्त पार्ने ध्याउन्नमा सत्ता गठबन्धन लागेको ओलीको आरोप छ । उनले गठबन्धनले न्यूनतम लोकतान्त्रिक आचरणसमेत नदेखाएको बताएका छन् ।

“मुलुकलाई सहमति र समझदारीतिर होइन, द्वन्द्व र ध्रुवीकरणतिर धकेलिरहेका छन्, प्रतिपक्षलाई समाप्त पार्ने, धुलोपिठो पार्ने, बदला लिने जस्ता सत्तारुढ नेताहरुका अलोकतान्त्रिक अभिव्यक्तिले उनीहरुमा न्यूनतम लोकतान्त्रिक आचरण समेत नभएको स्पष्ट पारेको छ र उनीहरु सामाजिक फासीवादतिर अग्रसर हुँदै गरेको संकेत गरेको छ”, ओलीको प्रतिवेदनमा भनिएको छ, “सत्ताले प्रतिपक्षका विरुद्ध गठबन्धन गर्ने, धम्कीको भाषा प्रयोग गर्ने र हिंसालाई दुरुत्साहन गर्ने कुरा लोकतन्त्रमा अपेक्षा गरिँदैन ।”

ओलीले अन्य राजनीतिक दलको नेतृत्वप्रति मोहभंग भएर त्यसबाट अलग हुँदै नेकपा ९एमाले० मा आबद्ध हुने राष्ट्रव्यापी लहर चलेको भन्दै यसको खास अर्थ र सन्देश रहेको बताएका छन्। मधेश प्रदेशमा पनि एमालेको पक्षमा अनौठो आकर्षण देखिएको उनले दाबी गरेका छन् ।

“विगत निर्वाचन र सोभन्दा अगाडिदेखि नै नेकपा (एमाले)का विरूद्ध भ्रम प्रचार गरिएको, घृणा फैलाइएको, प्रवेश निषेध गरिएको र यसै कारणले गर्दा निर्वाचनमा अपेक्षित परिणाम हासिल हुन नसकेको मधेस प्रदेशलगायत तराई–मधेसमा नेकपा (एमाले)प्रतिको आकर्षणले आगामी राजनीतिक शक्ति सन्तुलनलाई नै बदल्ने स्पष्ट छ”, ओलीको प्रतिवेदनमा भनिएको छ, “यसले राष्ट्रिय राजनीतिबाट जातीय–क्षेत्रीय संकीर्णता, दुर्भाव र विखण्डनका प्रवृत्तिलाई निस्तेज पार्न र राष्ट्रिय एकतालाई अझ खँदिलो बनाउन पनि ठूलो सहयोग पुग्नेछ।”

यस्तो छ राजनीतिक प्रतिवेदन

वि.सं.२०७८ चैत ९ बुधवार १५:५७ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...