back
CTIZAN AD

साफ च्याम्पियनशिप : नेपाल र बङ्गलादेश भिड्ने

वि.सं.२०७८ चैत ९ बुधवार

801 

shares

९ चैत, काठमाडौँ । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ ।

भारतको जमसेदपुरस्थित जेआरडी टाटा कम्प्लेक्समा नेपालले बलियो टोली बङ्गलादेशको सामना गर्दै प्रतियोगिताको समापन गर्नेछ । नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समयानुसार बेलुका ७ः१५ बजे सुरु हुनेछ । आज बङ्गलादेशलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ तर बङ्गलादेशलाई पराजित गर्न सजिलो भने छैन ।

च्याम्पियनशिपको पहिलो भेटमा नेपाल बङ्गलादेशसँग पराजित भएको थियो । नेपाल उक्त हारको बदला लिन चाहन्छ भने बङ्गलादेश आफ्नो जितलाई कायम राख्न चाहन्छ । नेपाल, भारत र बङ्गलादेश सहभागी उक्त च्याम्पियनशिपमा नेपालले लगातार तीन खेलमा पराजय भोगेको छ । नेपाल भातरसँग ७–०, बङ्गलादेशसँग ४–२ र भारतसँग पुन ५–१ गोलअन्तरले पराजित भएको छ ।

तीन खेल खेलेको भारतले तीन खेलमा नै विजयी हुँदै नौ अङ्क जोडेको छ । भारत अङ्क तालिकाको शीर्ष स्थानमा छ । दुई खेल खेलेको बङ्गलादेशले तीन अङ्क जोडेको छ । बङ्गलादेश अङ्क तालिकाको दोस्रो स्थानमा छ । अङ्क विहीन रहेको नेपाल भने अङ्क तालिकाको अन्तिम स्थानमा छ । डबल राउण्ड रोविनको आधारमा जारी उक्त च्याम्पियनशिपको शीर्ष टोलीले उपाधि जित्नेछ ।

वि.सं.२०७८ चैत ९ बुधवार १५:५२ मा प्रकाशित

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...