back
CTIZAN AD

फिस्टुला रोगको उपचार निःशुल्क

वि.सं.२०७८ चैत ९ बुधवार

1.5K 

shares

चितवन । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले प्रसव फिस्टुला रोग पहिचान र उपचार निःशुल्क सुरु गरेको छ । मन्त्रालयले यसका लागि काठमाडौँमा रहेको मोडल अस्पतालसँग सहकार्य गरेको छ ।

यस रोगको पहिचानसँगै उपचारसम्बन्धी कार्यविधि निर्माण गरी मुख्यमन्त्री कार्यालयमा पेस गरेको छ । बिरामीले निःशुल्क उपचार पाउन थालेका छन् भने कार्यविधिमा कुरुवाका लागि निःशुल्क सेवा दिनका लागि मुख्यमन्त्री कार्यालयमा पेस गरिएकोे मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार प्रसूति हुने समयमा लामो व्यथा लाग्नु वा सामान्य सुत्केरी हुन नसक्ने अवस्थामा बल परेर पिसाब थैली वा मलाशयमा दबाब परेर प्वाल पर्ने हुन्छ । समयमा उपचार भएन भने पिसाब वा दिसा निरन्तर आइरहने समस्या हुनेलाई प्रसव फिस्टुला रोग भन्ने गरिन्छ ।

यो रोग भएका बिरामीहरुको दुर्गन्ध आउने भएकाले समाजमा लुकेर बस्ने गर्दछन् । लुकेर बसेका बिरामीहरुलाई ल्याएर शून्यमा झार्ने लक्ष्यका साथ प्रदेश सरकारले यो कार्यक्रम सञ्चालनमा ल्याएको विज्ञ रमेश अधिकारीले जानकारी दिए । कार्यक्रम सुरु हुँदै गर्दा मन्त्रालयले यस रोगका बारेमा जानकारी गराउन आज भरतपुरमा एकदिने अभिमुखीकरण कार्यक्रम गरेको छ ।

जिल्लामा रहेका सात पालिकामा स्वास्थ्य शाखाप्रमुखहरु एवं प्रतिनिधिसँग गरिएको अभिमुखीकरण कार्यक्रममा मोडल अस्पतालकी प्रसूति रोग विशेषज्ञ डा रञ्जना श्रेष्ठले रोगका बारेमा जानकारी दिएकी थिइन् । रोग लागिसकेपछि यसको निराकरण कसरी गर्ने भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले यो रोगको समाधान शल्यक्रियाबाट मात्रै हुन सक्ने बताए । अभिमुखीकरण कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालय योजना शाखाका दीपक तिवारी, दुर्गा चापागाईं लगायतले बोलेका थिए ।

वि.सं.२०७८ चैत ९ बुधवार १५:३४ मा प्रकाशित

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...