back
CTIZAN AD

एमाले बैठकमा ओलीले भने – पार्टीलाई प्रचण्डको कब्जामा जान नदिन संसद विघटन गर्नुपर्‍यो

वि.सं.२०७८ चैत ९ बुधवार

852 

shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन पार्टीको नेतृत्व जोगाउन बाध्यात्मक रुपमा गर्नुपरेको बताएका छन् । केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले प्रचण्डले नेतृत्व हत्याउन खोजेपछि संसद विघटनको विकल्प खोजिएको बताए ।

ओलीले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रका नेताहरु तान्नुपर्ने बताएका छन् । उनले प्रचण्डको पार्टी सकेपछि मात्रै एकता सम्भव हुने बताए ।

“पुस ५ गते पार्टी जोगाउन संसद् विघटन गर्नु जरुरी थियो, पार्टी कब्जा गर्न षड्यन्त्र गरेपछि त्यो गर्नु जरुरी थियो”, ओलीले भनेका छन्, “यति बेला वामपन्थी एकता होइन पार्टी प्रवेश गर्नुपर्‍यो, प्रचण्डका मान्छे अझै यतातिर ल्याउनु पर्‍यो प्रचण्डको भाँडो रित्तो भएपछि प्रचण्डले पार्टी एकता गर्लान् नि त !”

ओलीले अब वामपन्थी एकताका नाममा अर्को गल्ती नगर्ने बताएका छन् । उनले माओवादीभित्रका पीडित जतिलाई एमालेमा समावेश गर्ने बताए ।

नेता घनश्याम भुसालले वामपन्थीका बीचमा एकता गर्नुपर्ने धारणा राखिरहेको बेला ओलीले यस्तो अभिव्यक्ति दिएका हुन् । ओलीले नेता भुसाललाई पार्टीको विचारअनुसार गतिविधि गर्न पनि निर्देशन गरेका छन् । उनले एमाले पार्टी हो भन्दै एमालेलाई ‘डिबेटिङ सोसाइटी’ बनाउने काम गर्न नहुने बताए ।

सम्बन्धित समाचार

ओलीको राजनीतिक प्रतिवेदन : एमालेलाई ‘धुलोपिठो’ पार्ने दाउमा छ गठबन्धन (पूर्णंपाठसहित)

वि.सं.२०७८ चैत ९ बुधवार १७:४५ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...