back
CTIZAN AD

गण्डकी प्रदेशमा माओवादी केन्द्रको आन्तरिक निर्वाचन, गुणाखरले ल्याए सर्वाधिक मत

वि.सं.२०७८ चैत १० बिहीवार

1.2K 

shares

फर्शुराम भुर्तेल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को गण्डकी प्रदेश नेतृत्व चयन आन्तरीक निर्वाचनको विधिबाट सम्पन्न भएको छ ।

गण्डकी प्रदेश पदाधिकारीका लागि मतदान प्रक्रियाबाटै भएको निर्वाचनमा पर्वतका गुणाखर बस्यालले उपाध्यक्षमा सर्वाधिक मत ल्याएर विजयी भएका छन् । यसअघि अध्यक्षमा भएको निर्वाचनमा गायत्री गुरुंङले पनि प्रतिस्पर्धाबाटै जित हांसील गरेकी थिइन् ।

May be an image of 9 people, people standing and indoor

सो पार्टीका अनुसार उपाध्यक्ष ३ सिटका लागी भएको निर्वाचनमा पर्वतका गुणाखर बस्यालले १२० मत, ज्ञामनाथ गैह्रे (बाग्लुंग) ले ९३ र मित्रशरण शर्मा (नवलपुर) ले ९० मत ल्याएर बिजय हासील गरेका छन भने अन्य प्रतिस्पर्धी लोक प्रसाद बन्जरा ४८, गङ्गा पोख्रेल ४७, केशव पौडेल ३३ र गीता शाहीले ६२ मत प्राप्त गरेका छन् ।

यसैगरी सचिव १ सटका लागि भएको निर्वाचनमा गोर्खाका जगन्नाथ खनालले १०० मत प्राप्त गरी बिजयी बनेका छन् भने प्रत्यासी बिष्णु भट्टले ७४ मत ल्याएका छन् । प्रदेश सहसचिव ३ सीटका लागि भएको निर्वाचनमा अतिन्द्र केशरी न्यौपाने ले ११३, मेख वहादुर भण्डारी १०४ र टेक वहादुर विक १०९ मत ल्याई बिजयी बनेका छन् भने सहसचिवका अन्य प्रतिस्पर्धि कल्पना अर्यालले ६६, राज कुमार दुलाल ५१ र जीवन खातीले २३ मत प्राप्त गरेका छन् ।

May be an image of 9 people and people standing

यसैगरी कोषाध्यक्ष १ सीटको लागि भएको निर्वाचनमा तारा भुसालले ११९ मत प्राप्त गरी बिजयी बनेका छन् भने प्रतिस्पर्धी भिम वहादुर विकले २३ र मेख वहादुर विकले ३२ मत प्राप्त गरेका छन् ।

निर्वाचनमा बिजयी हुनेहरु अधिकांश जनयुद्धमा नेतृत्व गरेका र भाग लिएका ब्यक्तिहरु नै छन् । उपाध्यक्षमा सर्वाधिक मत ल्याउने गुणाखर बस्याल ‘सरोज’ ०६४ को संबिधानसभामा समेत अत्यधिक मत ल्याएका ब्यक्ति हुन भने नवलपुरका मित्रशरण शर्मा ‘बिहानी’ स्यांङ्जाका तारा भुसाल, तनहुका अतिन्द्र न्यौपाने लगायत प्राय बिजेता तथा अन्य प्रतिस्पर्धीहरु जनयुद्धको समयमा बिभिन्न भूमिका पूरा गर्दै आएका ब्यक्तिहरु हुन् ।

May be an image of 8 people, people standing and indoor

माओवादीको गण्डकी प्रदेशभित्रको यो निर्वाचनले बाह्रयरुपमा तथाकथित लोकतन्त्रवादीहरुलाई समेत पाठ सिकाएको छ भने आन्तरीक रुपमा माओवादीभित्र जनवादमै न्याय हुने संस्कृति संप्रेषण गरेको छ ।

 

वि.सं.२०७८ चैत १० बिहीवार ०८:२० मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...