back
CTIZAN AD

‘बादलकै सल्लाहमा काम गर्दा ६ महिना बेपत्ता र ६ महिना जेल’

वि.सं.२०७३ चैत ३ बिहीवार

1.1K 

shares

aasare kaka..फुन्टीवाङ बैठकले तयारीका क्रममा बाबुराम भट्टराई र बादलका बीचमा दिल्लीमा मोर्चाबन्दी भएको रहेछ । फरक फरक ठाउँबाट आएका नेताहरुलाई फरक फरक गाउँमा राखिएको थियो । बादल कुरेलीमा थिए । बादलको वासस्थानमा गएर मैले भनेँ, ‘प्रचन्डसँग लडौँला तर बाबुरामसँग सम्झौता गर्नु ऐतिहासिक भूल हुन्छ, त्यसो गर्नुहुँदैन ।’ मलाई बादलको वासस्थानमा देखेपछि मणि थापा र देवेन्द्र पौडेल केही नबोली फर्किएका थिए । त्यतिखेर उनीहरुको अनुहार हेर्न लायक थियो । दिल्लीमा खिँचडी खान बादल तयार छैनन् भन्ने उनीहरुले बुझिहाले । बादललाई सहयोगी हात बढाउने र बाबुराम भट्टराईबाट पृथक गराउने प्रयासमा अरु जिम्मेवार युवा नेताहरु पनि क्रियाशील रहेको पनि पछि मैले थाहा पाएँ । फुन्टीवाङमा बाबुरामले कमरेड बादललाई अस्वाभाविक हमला गरेका थिए ।

लावाङ बैठकमा मैले बाबुरामलाई भनेका थिएँ, “तपाई एकजना लेखक त हो तर नेता होइन ।” उनले मलाई “साथीहरुको मन जित्न सकिनँ” भनेका थिए । बाबुराम भट्टराई दक्षिणपन्थी हो, उसबाट क्रान्तिलाई क्षतिबाहेक अरु केही हुँदैन भनिरहन्थेँ । प्रचन्डले बाबुरामलाई लिएर जानुपर्छ भनिरहन्थे । बाबुरामसँग मेरो कहिल्यै सहज सम्बन्ध भएन । उनी सर्वहारावर्गको हितमा होइन कि आफ्नो र अर्को वर्गको हितमा काम गर्ने व्यक्ति हुन् कुरा अहिले उनी आफैँले नै प्रमाणित गरिदिए ।
फुन्टीवाङ बैठकमा बादलको लिनप्याओवादीसम्बन्धी कारबाही फुकुवा गर्न प्रचन्ड बाध्य भएका थिए । कमरेड बादल विशेष केन्द्रीय कमान्ड ‘नेवा र ताम्सालिङ’ को जिम्मा लिएर आए । विभागीय जिम्मा रवीन्द्र श्रेष्ठको थियो । बादलले मलाई आफूसँग नै स्थानान्तरण गर्ने माग गरेपछि म फेरि काठमाडौं पुगेको थिएँ । मलाई प्रचन्डले बादलको मान्छे भन्ठान्थे भने बादलले प्रचन्डको मान्छे भन्ठान्थे । ममा बादलप्रति सहानुभूति बढ्दै गएको थियो । तर, एउटाका कुरा अर्कालाई सुनाइनँ । कमरेड बादलको सल्लाहमा एउटा काममा जाँदै गर्दा गिरफ्तार भएर ६ महिना बेपत्ता र ६ महिना जेलमा समेत बसेको थिएँ ।
चुनवाङ बैठकमा सबैजना एक तह घटुवा गर्ने निर्णय भयो । तर, सेती–महाकाली, भेरी–कर्णाली यथावत् राख्ने निर्णय भयो । दलित र दुर्गम क्षेत्रका नेताहरु खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, लेखराज भट्ट एवम् विदेश विभागका इन्द्रमोहन सिग्देल र धर्मेन्द्र बास्तोलालाई घटुवा नगर्ने निर्णय तर्कपूर्ण नै लाग्थ्यो । घटुवा नहुनेमा राम कार्कीलगायत पनि परेका थिए । त्यतिबेला मैले प्रचण्डसँग “राम कार्कीलगायतलाई किन घटुवा नगरेको त ?” भनेको थिएँ । प्रचण्डले झर्किँदै भनेका थिए, “सन्तुलन मिलाउन परेन !” म त्यतिखेर आश्चर्यमा परेको थिएँ । त्यसबेला प्रचण्डलाई “तपाईले पार्टी सिध्याउनुभयो” भनेर अरु केही नबोली हिँडे । त्यसपछि प्रचण्डले मेरो पछाडि मान्छे लगाउन थाले । रवीन्द्र श्रेष्ठलाई कारबाही गरेपछि प्रचण्डको हर्कत झन शङ्कास्पद लाग्न थाल्यो ।
किरणको विषयमा ममा सधैँ स्थिर धारणा रह्यो । उनमा वैचारीक क्षमता छ ; ढाँटछल गर्दैनन् भन्ने मलाई लागिरह्यो । तर, यिनले नेतृत्व गर्छन् भन्ने कहिल्यै लागेन । सायद, किरणलाई पनि मैले त्यसरी नै सोच्छु भन्ने थाहा हुँदो हो । उनले बेलाबेलामा छेडछाड पनि गर्थे । एक दिन दुर्गादेवीले भनेकी पनि थिइन् “तपाईले किरणलाई कहिले पो नेता मान्नुभएको थियो र !”…

ईश्वरी प्रसाद दाहाल ‘असारे’ को हालै प्रकाशित  ‘संङ्घर्षका पाइला’ बाट लिइएको केही अंश

वि.सं.२०७३ चैत ३ बिहीवार ०३:५९ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

काठमाडौँ । नेपाली राहदानी छपाइको विषयलाई लिएर पछिल्ला दिनमा फ्रान्सेली...

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

वरिष्ठ चलचित्र निर्देशक केपी पाठकले चलचित्र क्षेत्रमा औधी तरक्की भएको...

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सरबाट जोगिन के गर्ने ? हिन्दीमा एउटा भनाइ छ, "जब...