back
CTIZAN AD

छन्द कविता : बुढा बुढी त देवता

वि.सं.२०७८ चैत १२ शनिवार

1.4K 

shares

राम शरण न्यौपाने
चाँगुनारायण नपा. ३, भक्तपुर

बुडा बुढी त देवता समान ठान्छु मित्र हो
मभित्र भावना छ है विशाल नै विचित्रको
जुहारतुल्य लाग्छ हो मुहार त्यो पवित्रको
म टाल्नखोज्छु वेदना हियारभित्र छिद्रको ।।१।

युवा र बाल वृद्ध नै स्वाभाव हो मनुस्यको
समस्त भोग्छ लोकले घुमीघुमी अवस्य यो
पिएर दिव्य अमृतै सधैँ युवा रहन्छ को ?
नदी समान जिन्दगी बहन्छ नित्य यो अहो !।।२।

जरा र मृत्यु जन्मिँदै छ साथमा सजीवको ?
बदल्नसक्छ को कहाँ र सत्य यो अजीवको ?
न राम कृष्णले सके न भो अभेद्य बुद्धको
शरीर जीर्ण हुन्छ यो छ मृत्य धर्मयुद्ध यो ।।३।

प्रबुद्ध जान वृद्ध ती खुदा समान नै जुनै
मुहान हुन् विशेष नै असीम ज्ञानका उनै
विशुद्ध पार्न अग्निमा पसे समानका सुनै
हुँदैन भित्र आँतमा विकार क्लेश नै कुनै ।।४।

नराख हेयभावना अशक्त हुन् भनी अब
गरेर राख कामना सुसार प्रेमले सब
सुकर्मा छ स्वर्ग हो कुकर्ममा छ रौरव
मनुस्यधर्ममा चले अवश्य मिल्छ सौरभ ।।५।

छन्द : पञ्चचामर

 

वि.सं.२०७८ चैत १२ शनिवार ०७:१६ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...