back
CTIZAN AD

कविता : छिछिमिरा र जुकाहरु

वि.सं.२०७८ चैत १२ शनिवार

1.8K 

shares

चेतन गिरी
सारदा नगरपालिका–९, सल्यान

हराउने बेला कमिलाका प्वाँख उम्रन्छन
ती छिछिमिरा हुन्छन्
बर्खामास पातलको जंगलमा
जुकाहरु सल्बलाउँछन
मान्छेको रगतको पर्खाइमा बस्दछन्
चैत बैशाख नजिकिदै गर्दा
बैशाख ३० मा फेरि
छिछिमिरा र जुकाहरु जाग्दैछन्
जनतालाई झुक्याउन
जनतालाई ढाँट्न
भ्रमका पोकाहरु लिएर
छिछिमिराहरु आउँदैछन
विषाक्त मन लिएर
पातलमा जुका जाग्दैछन
५ वर्षसम्म २ नम्बरी धन्दामा लागेका
जनताबाट तिरस्कृत भएर भागेका
छिछिमिरा र जुकाहरु
कुहिएको चामल लिएर आउँदैछन
मिति गुज्रिएको तेल बोकेर आउँदैछन
केही जर्किन रक्सी लिएर आउँदैछन
केही दर्जन बोइलर बोकेर आउँदैछन
भ्रष्टाचार गरेर कमाएको
दुई नम्बरी धन्दामा पाएको
कालो धन बोकेर
कालो मन बोकेर
चैते हुरीजस्तै आउँदैछन
जनताको आँखामा छारो हाल्न
गरिबको मुखमा विषाक्त चारो हाल्न
जनता सचेत बन्नुपर्छ
असल र खराब चिन्नुपर्छ
भविष्यको लागि सोच्नुपर्छ
जुका र छिछिमिरालाई घोच्नुपर्छ
हामीलाई सुशासन चाहिएको छ
कसैको आश्वासन होइन
हामीलाई समृद्धि चाहिएको छ
कसैको जुठोपुरो रासन होइन
हामीलाई एकछाक होइन
पूरा जीवन बदल्ने योजना चाहिन्छ
हामीलाई २\४ हजार होइन
समृद्धिको आयोजना चाहिन्छ
सफा मन र निःस्वार्थ वचन चाहिन्छ
सुखदुःखमा सधैं साथमै रहने नेता चाहिन्छ
हामीलाई पार्टी होइन मुक्तिदाता चाहिन्छ
छिमिमिराहरु – मुर्दावाद !!!
पातलका जुकाहरु – खबरदार !!!

वि.सं.२०७८ चैत १२ शनिवार ०७:१४ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...