गिरीधारी उपाध्याय
असम, भारत
१.यो कस्तो खेल
मारेर मान्छे
गर्दैछ मेल ।
२.
ऊ अस्त्र धारी
गर्छ घमन्ड
निहत्था मारी ।
३
हेरौँ त चित्र
संसार हाम्रो
सारै विचित्र ।
४.
न मानौ दुःख
कहिले पनि
५.
मानो न पाथी
रित्तो छ भाँडो
के गर्नु साथी ?
६.
बुद्धको धर्म
गमेर हेर
जानिन्छ मर्म ।
७.
असल मोती
त्यही हो जान
ज्ञानको ज्योति ।
८.
धर्मको युक्ति
नमरि कन
हुँदैन मुक्ति ।
९.
नराम्रो मति
छाड है झट्टै
नत्र अगति ।
१०.
आमाको माया
सन्तान निम्ति
हो छत्र छायाँ ।
वि.सं.२०७८ चैत १२ शनिवार ०७:१८ मा प्रकाशित






























