back
CTIZAN AD

एनआरएनएको अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशन आजदेखि सुरु हुने

वि.सं.२०७८ चैत १२ शनिवार

756 

shares

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

शनिवार बेलुका ४ बजेदेखि ललितपुरस्थित होटल हिमालयमा सुरु हुने उक्त सम्मेलनको उद्ुघाट राष्ट्रपति विद्यादेवी भण्डारी र समापन प्रधानमन्त्री शेर बहादुर देउवाले गर्ने संस्थाका अध्यक्ष कुमार पन्तले जानकारी दिएका छन् ।

परराष्ट्रमन्त्री नारायण खड्का पनि सहभागि हुने बताइएको उक्त कार्यक्रम एकताको महाधिवेशन भएको बताउँदै अध्यक्ष कुमार पन्तले सबैलाई सहभागि हुन र कार्यक्रमलाई सफल बनाउन आह्रवान गरेका छन् ।

संघको निर्वाचन रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनले शुक्रबार अन्तरिम आदेश दिन अस्वीकार गरेपछि महाधिवेशन र विश्व सम्मेलन अगाडि बढाइएको हो । सम्मेलनमा संघका पूर्वअध्यक्ष डा. उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्ट लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यसअघि अध्यक्षका उम्मेदवारहरु डा. बद्री केसी, कुल आचार्य र रविना थापाबीच आलोपालो नेतृत्व गर्ने सहमति भएबमोजीम बहुअध्यक्षीय प्रणालीको ब्यवस्था विधानमा गर्नुपर्ने भएकोले विधान संसोधन हुने बताइएको छ ।

महाधिवेशनले सहमति बमाेिजम विधान संशोधन गरि आवश्यक पद थप्ने तयारी भइरहेको आयोजक समितिले जनाएको छ ।

एनआरएनएनका पूर्व अध्यक्ष तथा हालका प्रमुख संरक्षक डा. शेष घले पक्षले भने बुधबारै छुट्टै महाधिवेशन र विश्व सम्मेलन गरि नयाँ कार्यसमिति घोषणा गरिसकेको छ ।

संस्थापन पक्षको निर्वाचन सम्पन्न भएसँगै कसले आधिकारिता पाउँने भन्ने विषयमा कानुनी लडाई हुने समेत देखिएको छ ।

वि.सं.२०७८ चैत १२ शनिवार ०९:१२ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...